बङ्गलादेशको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुग्यो

२२ जेष्ठ ,एजेन्सी । बङ्गलादेशको एउटा कन्टेनर डिपोमा विस्फोट हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुगेको छ ।

अरू कैयौँ घाइते भएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घाइतेमध्ये धेरैजसोको शरीर ६० देखि ९० प्रतिशतसम्म जलेको खबरमा उल्लेख छ ।

दक्षिणी सहर सिताकुन्डमा कन्टेनरहरूको भण्डारमा सल्किएको आगो निभाउन अग्नि नियन्त्रकहरू बोलाइएपछि विस्फोट भएको थियो ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

घाइते हुनेहरूमा डिपोका कामदार, अग्नि नियन्त्रक र प्रहरी रहेका छन् । आगलागीको कारण खुल्न सकेको छैन ।

विस्फोटका कारण आसपासका धेरै घरहरूमा झ्यालका सिसा फुटेको र चार किलोमिटर टाढासम्म कम्पन महसुस भएको बीबीसीले जनाएको छ ।

गएको डिसेम्बरमा पनि बङ्गलादेशमा एउटा डुङ्गामा आगलागी हुँदा ३९ जनाको ज्यान गएको थियो ।

यस्तै गएको वर्ष ढाका नजिकैको रूपगञ्जमा एउटा कारखानामा आगलागी हुँदा ५२ जनाको ज्यान गएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top