राप्रपा नेता जीवनकुमार श्रेष्ठको निधन

२१ जेठ ७९, आइतबार

२२ जेष्ठ ,खोटाङ। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनु भएका राप्रपाका नेता जीवनकुमार श्रेष्ठको ५६ वर्षको उमेरमा निधन भएको छ ।

हिजो शुक्रवार खोटाङको दिक्तेल बजारमा प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते हुनु भएका श्रेष्ठको उपचारका क्रममा आज आइतवार निधन भएको हो ।

हेलिकप्टरबाट न्युरो अस्पताल बाँसबारी पु¥याइएका श्रेष्ठलाई अस्पतालले मृत घोषणा गरेको हो ।

श्रेष्ठलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलको रत्नपार्क जिरोप्वाइन्टबाट बजारभित्र जाँदै गरेको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा चोट लागेको थियो ।श्रेष्ठ राप्रपा खोटाङका निवर्तमान अध्यक्ष थिए।

झन्डै १५ वर्ष पार्टीको जिल्ला अध्यक्षको भूमिकामा रहनुभएका उहाँ भर्खरै सम्पन्न पालिका चुनावमा दिक्तेल रुपाकोटमा मेयरका उम्मेदवार थिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार दिक्तेल रुपाकोट ५ लफ्याङकी ४८ वर्षीया विष्णुकुमारी राई घाइते भएका छन ।

हेलिकप्टरबाट श्रेष्ठसँगै काठमाण्डौ पठाइएकी राईको न्युरो अस्पतालमै उपचार भइरहेको छ ।

मोटरसाइकल चालक लफ्याङका १७ वर्षीय अभिषेक राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

घाइते विष्णुकुमारी र पक्राउ परेका अभिषेक आमाछोरा हुन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top