प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्नुपर्छः कमल थापा

२६ जेष्ठ, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अब जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्नुपर्ने बताएका छन् ।

परम्परागत संसदीय व्यवस्थाले दुई तिहाइ बहुमत पाउँदा पनि दलहरूले स्थिर सरकार चलाउन नसकेकाले अब शासकीय स्वरुप र निर्वाचन प्रणाली दुवै फेर्नुपर्ने बताएका हुन् ।

राप्रपा नेपालले बिहीबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष थापाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री नहुँदा सांसद किनबेच, ५ वर्षे कार्यकाल प्रधानमन्त्री र सरकार नटिक्ने जस्ता विकृति दोहोरिइरहेकाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीय प्रणालीमा जानुपर्ने तर्क गरे ।

अहिलेको मिश्रति निर्वाचन प्रणाली असाध्यै महँगो भएकाले यसबाट पनि भ्रष्टाचारलगायतका विकृति देखिएकाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै उपयुक्त हुने थापाले बताए ।

‘अहिले निर्वाचन प्रणालीमा वडा अध्यक्षको चुनाव लड्नै ५० लाखसम्म खर्च गर्नुपर्ने स्थिति छ, प्रदेश र प्रतिनिधिसभाको त कुरै नगरौं’ थापाले भने, ‘चुनावै महँगो भएपछि तयसले भ्रष्टाचार र महँगी पनि बढाउँछ ।’

अध्यक्ष थापाले नेपालमा राजतन्त्र पुनःस्थापना हुने सम्भावना समाप्त भएकाले आफ्नो पार्टीले राजतन्त्रको एजेण्डा छाडेको बताए । अब पार्टीले हिन्दु राष्ट्र पुनःस्थापना, लोकतन्त्र र राष्ट्रियतालाई मुख्य एजेण्डा बनाएको थापाले बताए ।

‘पूर्वराजा र निर्मल निवासको सचिवालयका कारण राजतन्त्र पुनःस्थापना हुने सम्भावना समाप्त भएको छ, असम्भव एजेण्डा बोकेर जनता र कार्यकर्तालाई भ्रममा राख्नु हुँदैन भनेर राजतन्त्रको एजेण्डालाई परित्याग गरेका हौं’ अध्यक्ष थापाले भने, ‘अब पारसको सति जानलाई राजतन्त्र बोकिराख्ने ?’

अध्यक्ष थापाले नेपालमा धर्म निरपेक्षता वा हिन्दु राष्ट्र भन्ने विषयमा जनमत संग्रह हुनुपर्ने मागसमेत गरे । ‘सकेसम्म सर्वपक्षीय सहमतिको आधारमा संविधान संशोधन गरेर सनातन हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने हाम्रो माग छ, यदि सहमति हुँदैन भने जनमत संङग्रहबाट टुङ्गो लगाइयोस् ।’

आगामी भदौदेखि हिन्दु राष्ट्र पुनःस्थपनाका लागि देशव्यापि रुपमा जनसंघर्षको कार्यक्रम सञ्चालन गर्ने उनले बताए । वर्तमान संघीय स्वरुपलाई परिमार्जन गरेर केन्द्र र स्थानीय तह गरी दुई तह मात्रै कायम गर्नु पर्ने उनको तर्क छ ।

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले राजतन्त्रको एजेण्डा छाडेमा पार्टी एकता गर्नका लागि आफू जहिले पनि तयार रहेको थापाले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top