Nepal Times
Nepal Times
3
Shares

सेयर बजारको ओरालो यात्रा आजपनी कायमै

सेयर बजारको ओरालो यात्रा आजपनी कायमै

३१ जेठ, काठमाडौं । सेयर बजारको ओरालो यात्रा मंगलबार समेत कायम रह्यो ।

बजार २ हजारको बिन्दुबाट तल झर्दै १९९६।२६ बिन्दुमा आएर रोकिएको छ ।

मंगलबार ३६।०७ अंकले घटेको सेयर बजार कारोबार रकम पनि मुस्किलले १ अर्ब नाघेको छ ।

यस दिन कुल २३२ कम्पनीको ३१ हजार ८०६ वटा कारोबारबाट ४१ लाख ४७ हजार २५५ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

दोहोरो अंकले घटेको बजारमा सबै उपसमूह राताम्य रह्यो । सबैभन्दा धेरै अन्य, निर्जीवन बीमा, वित्त र विकास बैंक समूहका लगानीकर्ताले गुमाएका छन् ।

मंगलबार आँधिखोला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ८।१८ प्रतिशतले बढेर ४४८।४० रुपैयाँ पुगेको छ ।

एनएमबी ५० को सेयर मूल्य ४।१० प्रतिशतले बढ्दा माउण्टेन हाइड्रोको मूल्य ३।७२ प्रतिशतले बढेको छ ।

मंगलबार हिमालयन पावर पार्टनरको मूल्यमा ९।९९ प्रतिशतको पहिरो गएको छ । यसको मूल्य ३४४।३० रुपैयाँमा आएको छ ।

बलेफी हाइड्रोको मूल्य ८।१५ प्रतिशतले घटेर २७४ रुपैयाँ झरेको छ । शिवम सिमेन्टको मंगलबार सर्वाधिक कारोबार भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.