विध ल्याबका सञ्चालक भिमकान्त भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२ असार ७९, शुक्रबार

३ असार, काठमाडौं । विध ल्याबका सञ्चालक भिमकान्त भण्डारीविरुद्ध गैरकानूनी सम्पत्तिआर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

भण्डारीमाथि ६ करोड २४ लाख गैरकानूनी सम्पत्तिआर्जनको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

भण्डारीले २१ असोज २०७३ देखि १ साउन २०७७ सम्ममात्रै सरकारी सेवामा थिए ।

नासु सरहको वरिष्ठ व्यवस्थापन सहायक पदमा काम गरेको जागिरको अवधिमा २६ लाख ६१ हजार रुपैयाँ आर्जन गरेका थिए ।

तर उनको खर्च र लगानी जग्गा खरिद, बैंक तथा हाइड्रोपावर कम्पनीको शेयर खरिद तथा बैंकमा जम्मा रकम ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

भण्डारीले यो अवधिमा पारिश्रमिक, श्रीमतीको तलबबाट बचत, सञ्चय कोषबाट लिएको ऋण र जागिर सुरु हुनुभन्दा अघिको बचतलाई समेत देखाएर आफूले कानूनसम्मत आर्जन गरेको दाबी गरेका थिए ।

तर अख्तियारले त्यो दावी स्विकार गरेन र, ६ करोड २४ लाख ६५ हजार रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको निष्कर्ष निकालेको छ ।

विशेष, अदालतमा दायर मुद्दामा अख्तियारलले ६ करोड २४ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरेको छ ।

उनकै साथमा रहेको सम्पत्तितर्फ ६ करोड ६ लाख ४१ हजार ८१३ रुपैयाँ र अपुग १७ लाख ६२ हजार उनको एकल स्वामित्वमा रहेको कम्पनीहरुबाट जफत गर्न माग गरेको छ ।

गुल्मीको मालिका गाउँपालिकाका स्थायी बासिन्दा भण्डारी बिध ल्याबको सञ्चालन गर्ने बिध म्यानेजमेन्ट प्रालिका सञ्चालक हुन् । पछिल्ला दिनमा भण्डारी सञ्चालक रहेका कम्पनीहरु सूचना प्रविधि, इलेक्ट्रोनिक्स र मल, कागज जस्ता ठूला ठेक्कामा पनि संलग्न हुन थालेको छ ।

उनी असार २०७७सम्म स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अन्तरगतको ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापाका कर्मचारीका रुपमा थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top