Nepal Times
Nepal Times
3
Shares

दाङमा सडकको नयाँ ट्र्याक खन्ने क्रममा पुराना चाँदीका सिक्का फेला

दाङमा सडकको नयाँ ट्र्याक खन्ने क्रममा पुराना चाँदीका सिक्का फेला

५ असार, दाङ । दाङको तुलसीपुरमा सडकको नयाँ ट्र्याक खन्ने क्रममा गाडेको अवस्थामा एक कसौँडी पुराना चाँदीका सिक्का फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ सिमराटोलको खेत हुँदै आँखा अस्पतालसम्मको नयाँ ट्र्याक खोल्ने क्रममा डोजरका चालकले गएको बुधवार गाडेको अवस्थामा एक कसौँडी प्राचीन सिक्का फेला पारेका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले ५ सय ३७ वटा सिक्का फेला परेको जानकारी दिए । उनकाअनुसार ७६ वटा भारतीय सिक्का छन् भने ४ सय ६१ वटा सिक्कामा श्री ३ लेखिएको छ ।

फेला परेका सबै प्राचीन मुद्राहरु डोजरका चालक सुवासचन्द्र चौधरीले आफ्नो घरमा लागेर राखेको र अर्का चालक राजन खड्काले भागबन्डा नमिले पछि त्यो कुरा जग्गा धनी शोभा भण्डारीलाई भनेपछि गाडेको धन फेला परेको कुरा सार्वजनिक भएको हो ।

प्रहरी निरीक्षक शाहीका अनुसार चौधरीले ती सिक्काहरु घरमा लगेर धातुको कसौँडीको भाँडोबाट निकालेर छुट्टै एउटा पोलेथिनमा राखेको अवस्थामा फेला परेको हो । यी सबै सिक्काहरु झन्डै साढे दुई सय वर्ष पहिलेका हुन्। डोजर चालक चौधरीलाई प्रहरीले थुनामा राखेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.