विराटनगर,भदौ ३
हामी दिउँसोको समयमा सुत्नुलाई ‘अल्छीपना’को संज्ञा दिन्छौं । तर, दिउँसो सुत्नु साँच्चै अल्छीपना नै हो त ? हो भने एकछिन विचार गरौं त १ तपाईंको आसपासमा रहेका बिरालो तथा कुकुर पनि दिनमा कयौं पटक निदाइरहेका देखिन्छन् । तर, उनीहरु जत्तिको फुर्तिला पनि अरु कोही हुँदैनन् ।
अहिलेको व्यस्त जीवनमा हामी दिनभर भागदौड गर्छौं, तर शरीरले त्यस अनुसारको आराम नपाउँदा थकान महसुस हुन्छ । जसले गर्दा हाम्रो शरीर थकित हुनुका साथै दिमाग बोधो हुन पुग्छ र सोच्ने शक्ति क्षीण हुँदै जान्छ ।शरीरले आराम खोजेको बेला दिनमा केही क्षण सुत्नु अल्छीपना नभएर यसले तपाईंको स्वास्थ्यमा फाइदा र्पुयाउँछ ।
दिउँसो सुत्नुका फाइदाहरू यस्ता छन् :
मुटु स्वस्थ रहन्छ
हाबर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले पत्ता लगाए अनुसार दिउँसो सुत्ने अधिकांश मानिसमा मुटुको समस्या कम हुने गर्छ । यसले शरीरको थकान समेत घटाउँछ । त्यसैले, साताको कम्तीमा तीन दिन दिउँसो करिब ३० मिनेट तकियामा हात राखेर सुत्ने प्रयास गरौं । यसले तपाईंको स्वास्थ्यमा फाइदा र्पुयाउँछ ।
दिमागलाई तेजिलो बनाउँछ
हामी सबैलाई थाहा भएकै कुरा हो, पर्याप्त निद्रा नपुगेको खण्डमा हाम्रो दैनिक क्रियाकलापमा समेत असर पर्छ । यसले हाम्रो सोच्ने र सम्झने क्षमतामा समेत ह्रास ल्याउाछ । यसैले यदि तपाईँसँग समय छ भने दिनको समयमा एक क्षणको निद्रा तपाईंको लागि फाइदाजनक हुने गर्छ । दिनमा ६० देखि ९० मिनेटको सुताइले मात्र पनि आउँदो २४ घण्टाको लागि तपाईंलाई मानसिक स्फूर्ति दिलाउँछ ।
खानपानमा सुधार आउँछ
थकित महसुस भएको बेला तपाईंलाई भोक लागेको छ भने तपाईँ सबैभन्दा पहिले जे भेट्यो त्यही खानुहुन्छ । यसबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको केहीबेरको सुताइ नै हो । केही क्षणको सुताइले तपाईंको शरीरलाई थप ऊर्जा मिल्छ नै, यसले तपाईंलाई हानिकारक खाना खानबाट समेत जोगाउँछ । अझ १०/१५ मनेटको आरामले तपाईं आफूलाई के खाँदा राम्रो हुन्छ भनेर सोच्न सक्ने स्थितिमा पुग्नुहुन्छ ।
तनाव घटाउँछ
थकानले तनाव सिर्जना गर्छ, जसले गर्दा तपाईं अझ बढी थकित महसुस गर्नुहुन्छ । दिउँसोको सुताइले तपाईंलाई यी सबै कुराबाट टाढा राख्न मद्दत गर्छ । वैज्ञानिकहरुले पत्ता लगाए अनुसार दिउासो नसुत्ने मानिसमा तनाव उत्पन्न गराउने हर्मोन स्वतः बढ्ने गर्छ ।
ऊर्जावान् बनाउँछ
हुन त सुत्नु भनेको भौतिक कामबाट केही क्षण विश्राम लिनु पनि हो । तर,अनुसन्धानकर्ताहरुले जनाए अनुसार, आराम नगर्ने धावकहरुको तुलनामा तालिमको बीचमा केही क्षण सुत्ने धावकहरुको नतिजा राम्रो पाइयो ।उनीहरुमा ऊर्जा र स्फूर्ति बढेको पाइयो । यसर्थ बल, प्रतिक्रिया तथा गति सबै कुरामा सुधार ल्याउन निद्रा अपरिहार्य छ ।
दिउँसो प्राय ११/१२ बजेको समयमा ५ देखि ४५ मिनेटसम्म सुत्नु फाइदाजनक हुन्छ ।दिउँसो एक झप्को निदाउनु आरामको लागि मात्र नभई स्वास्थ्यको लागि पनि आवश्यक छ ।