×

NEPAL TIMES UPDATES

Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026

के तपाई दिउँसो सुत्नुहुन्छ ? दिउँसो एक झप्को सुत्नुका यस्ता छन् फाईदा

३ भाद्र २०७५

विराटनगर,भदौ ३
हामी दिउँसोको समयमा सुत्नुलाई ‘अल्छीपना’को संज्ञा दिन्छौं । तर, दिउँसो सुत्नु साँच्चै अल्छीपना नै हो त ? हो भने एकछिन विचार गरौं त १ तपाईंको आसपासमा रहेका बिरालो तथा कुकुर पनि दिनमा कयौं पटक निदाइरहेका देखिन्छन् । तर, उनीहरु जत्तिको फुर्तिला पनि अरु कोही हुँदैनन् ।

अहिलेको व्यस्त जीवनमा हामी दिनभर भागदौड गर्छौं, तर शरीरले त्यस अनुसारको आराम नपाउँदा थकान महसुस हुन्छ । जसले गर्दा हाम्रो शरीर थकित हुनुका साथै दिमाग बोधो हुन पुग्छ र सोच्ने शक्ति क्षीण हुँदै जान्छ ।शरीरले आराम खोजेको बेला दिनमा केही क्षण सुत्नु अल्छीपना नभएर यसले तपाईंको स्वास्थ्यमा फाइदा र्पुयाउँछ ।

Advertisement
Advertisement

दिउँसो सुत्नुका फाइदाहरू यस्ता छन् : 

मुटु स्वस्थ रहन्छ

हाबर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले पत्ता लगाए अनुसार दिउँसो सुत्ने अधिकांश मानिसमा मुटुको समस्या कम हुने गर्छ । यसले शरीरको थकान समेत घटाउँछ । त्यसैले, साताको कम्तीमा तीन दिन दिउँसो करिब ३० मिनेट तकियामा हात राखेर सुत्ने प्रयास गरौं । यसले तपाईंको स्वास्थ्यमा फाइदा र्पुयाउँछ ।

दिमागलाई तेजिलो बनाउँछ

हामी सबैलाई थाहा भएकै कुरा हो, पर्याप्त निद्रा नपुगेको खण्डमा हाम्रो दैनिक क्रियाकलापमा समेत असर पर्छ । यसले हाम्रो सोच्ने र सम्झने क्षमतामा समेत ह्रास ल्याउाछ । यसैले यदि तपाईँसँग समय छ भने दिनको समयमा एक क्षणको निद्रा तपाईंको लागि फाइदाजनक हुने गर्छ । दिनमा ६० देखि ९० मिनेटको सुताइले मात्र पनि आउँदो २४ घण्टाको लागि तपाईंलाई मानसिक स्फूर्ति दिलाउँछ ।

खानपानमा सुधार आउँछ

थकित महसुस भएको बेला तपाईंलाई भोक लागेको छ भने तपाईँ सबैभन्दा पहिले जे भेट्यो त्यही खानुहुन्छ । यसबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको केहीबेरको सुताइ नै हो । केही क्षणको सुताइले तपाईंको शरीरलाई थप ऊर्जा मिल्छ नै, यसले तपाईंलाई हानिकारक खाना खानबाट समेत जोगाउँछ । अझ १०/१५ मनेटको आरामले तपाईं आफूलाई के खाँदा राम्रो हुन्छ भनेर सोच्न सक्ने स्थितिमा पुग्नुहुन्छ ।

तनाव घटाउँछ

थकानले तनाव सिर्जना गर्छ, जसले गर्दा तपाईं अझ बढी थकित महसुस गर्नुहुन्छ । दिउँसोको सुताइले तपाईंलाई यी सबै कुराबाट टाढा राख्न मद्दत गर्छ । वैज्ञानिकहरुले पत्ता लगाए अनुसार दिउासो नसुत्ने मानिसमा तनाव उत्पन्न गराउने हर्मोन स्वतः बढ्ने गर्छ ।

ऊर्जावान् बनाउँछ

हुन त सुत्नु भनेको भौतिक कामबाट केही क्षण विश्राम लिनु पनि हो । तर,अनुसन्धानकर्ताहरुले जनाए अनुसार, आराम नगर्ने धावकहरुको तुलनामा तालिमको बीचमा केही क्षण सुत्ने धावकहरुको नतिजा राम्रो पाइयो ।उनीहरुमा ऊर्जा र स्फूर्ति बढेको पाइयो । यसर्थ बल, प्रतिक्रिया तथा गति सबै कुरामा सुधार ल्याउन निद्रा अपरिहार्य छ ।

Advertisement

दिउँसो प्राय ११/१२ बजेको समयमा ५ देखि ४५ मिनेटसम्म सुत्नु फाइदाजनक हुन्छ ।दिउँसो एक झप्को निदाउनु आरामको लागि मात्र नभई स्वास्थ्यको लागि पनि आवश्यक छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top