×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

विराट हेल्थले लिएको अतिरिक्त शुल्क विद्यार्थीहरुले फिर्ता दिलाए

८ असार २०७९

८ असार, विराटनगर । विराटनगरको प्राविधिक कलेजहरूले विद्यार्थीबाट अतिरिक्त शुल्क असुल्ने गरेको पाइएको छ। नर्सिङ, सिएमए, हेल्थ असिस्टेन्ट अध्ययन गराउँदै आएका कलेजहरूले सरकारले तोकेको भन्दा बढी रकम लिने गरेको फेला परेको हो ।

विराटनगरमा रहेको विराट हेल्थ कलेजले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिईभिटी)ले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीले विद्यार्थी संगठन गुहारेपछि विद्यार्थी संगठनहरुले बुधबार छलफल गरेका छन् ।

Advertisement
Advertisement

विद्यार्थीको गुनासोपछि विद्यार्थीबाट लिएको रकम फिर्ता हुनु पर्ने अडान राख्दै अभिभावक र विद्यार्थीसहित प्रशासनसँग छलफल गर्दा १५ प्रतिशत अतिरिक्त शुल्क लिएको, सर्टिफिकेटको नाममा पनि रकम लिएको पाइएको अनेरास्ववियु मोरङ अध्यक्ष तुलसी घिमिरेले जानकारी दिएका छन् । उनले कलेजले विद्यार्थीलाई १५ प्रतिशत छुट वापत दिने भनेको १५ सय कटाएर थप ६ हजार क्यारेक्टर सर्टिफिकेटको नाममा लिएको पाइएको बताएका छन् ।

मनपरी रकम असुलेको पाइएपछि विद्यार्थीले क्याम्पस प्रशासनलाई बढी लिएको रकम फिर्ता गर्न दबाब दिएका छन् ।

कलेजले विद्यार्थीबाट ७ हजार ५ सय मागेको पाइएको छ । छलफलमा क्याम्पसका लेखा प्रमुख रामेश्वर कामतले विद्यार्थीहरुबाट अतिरिक्त रकम लिएको स्वीकार गरेका थिए ।

विद्यार्थीले आन्दोलन गर्न थालेसँगै तीन बुँदे सहमति भएको छ । सहमति पत्रमा बिना शुल्क विद्यार्थीलाई क्यारेक्टर सर्टिफिकेट उपलब्ध गराउने, कोेरोनाको समय अवधिमा भएको अनलाइन क्लास बापतको १५ प्रतिशत छुट क्याम्पस प्रमुखसँग छलफल गरेर फिर्ता गर्ने उल्लेख छ ।

सहमतिमा क्याम्पसका तर्फबाट लेखा प्रमुख कामत, विद्यार्थीका तर्फबाट अनेरास्ववियुका मोरङ अध्यक्ष तुलसी घिमिरे तथा अभिभावकका तर्फबाट कमल रेग्मीले हस्ताक्षर गरेका छन् ।

 

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top