Nepal Times
Nepal Times
3
Shares

एमालेका निर्वाचित जनप्रतिनिधि आउन ढिला गरेपछी जीतपुरसिमराको नगरसभा अझै सुरु हुन सकेन

एमालेका निर्वाचित जनप्रतिनिधि आउन ढिला गरेपछी जीतपुरसिमराको नगरसभा अझै सुरु हुन सकेन

१० असार, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा सुरु हुन ढिलाइ भएको छ ।

बिहान ११ बजे सुरु हुने भनिएको नगरसभा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि नआएको कारण ४ घन्टा वित्दा पनि सुरु हुन सकेको छैन ।

१२५ सदस्यीय नगरसभामा नेकपा एमालेको बहुमत छ ।

नगर प्रमुख राजन पौडेलले सदस्यहरु आउने क्रम जारी रहेको बताए ।

‘सदस्य साथीहरु आउँदैछन्, आएपछि नगरसभा सुरु हुन्छ । आउनुभएन भने विधि प्रक्रियाबाट अघि बढ्छौं’, उनले भने ।

जीतपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारीले प्राविधिक कुरा नमिलेको कारणले नगरसभा सुरु गर्नमा ढिलाइ भएको बताए ।

नीति, कार्यक्रम, बजेट बनाउने क्रममा आवश्यक पद्दतीहरु फलो हुन सकेन, वडा अनुसार सिलिङ तोकेर बजेट बनाइएको छैन । त्यसलाई पहिला व्यवस्थापन गर्नुपर्छ भन्ने छ । त्यसैले अधिवेशन सुरु हुन सकेको छैन’, उनले भने ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.