Nepal Times
Nepal Times
1.14k
Shares

जुम्लामा चट्याङ लागेर ८० भेडा मरे

जुम्लामा चट्याङ लागेर ८० भेडा मरे

१९ असार,जुम्ला।
जुम्लाको पातारासी गाउँपालिका–४ स्थित बागजाले पाटनमा परेको चट्याङले पाँच जना कृषकका ८० भेडा मरेका छन् । सो चट्याङबाट करिब ३०० भेडा हराएका छन् ।पातारासी गाउँपालिका–४ लुम निवासी पाँच कृषकका भेडा मरेको गाउँपालिकाका पशु शाखाका प्राविधिक हरि कामीले जानकारी दिए । अप्ठ्यारो भिर भएकाले खोजतलास गर्न कठिनाइ भएको छ ।सोही गाउँपालिकामा रहेको प्रहरी चौकी डिल्लीचौरका प्रमुख बद्री साउदका अनुसार चट्याङबाट पाटनमा मरेका भेडा किसान जोरा रोकाया, रामबहादुर रेउले, शङ्कर नेपाली, धर्म रेउले र मानबहादुर रोकायाको भेडा चट्याङमा परेर मरेको प्रहरी चौकी डिल्लीचौरले जनाएको छ

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.