Nepal Times
Nepal Times
3
Shares

अत्यधिक गर्मी बढेपछि ७ दिन विद्यालय बिदा गर्न रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको निर्देशन

अत्यधिक गर्मी बढेपछि ७ दिन विद्यालय बिदा गर्न  रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको निर्देशन

२ साउन, बुटवल ।

गर्मी अत्यधिक बढेपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ७ दिन विद्यालय बिदा गर्न निर्देशन दिएको छ ।अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्य र पठनपाठनमा प्रतिकुल असर पर्न सक्ने भन्दै नगरपालिकाले गर्मी विदा दिएको हो ।वर्षे विदाबाट कट्टी गर्ने गरी साउन ३ गतेदेखि ९ गतेसम्म ७ दिनका लागि सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा विदा दिन नगरपालिकाका शिक्षा अधिकृत जाह्न्वी पाण्डेले जारी गरेको सूचनामा भनिएको छ ।वर्षायाम भए पनि पानी नपरेका कारण अत्यधिक गर्मी भई विद्यार्थीको स्वास्थ्यमा नै प्रतिकुल असर पर्न सक्ने हुँदा विदा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.