११ बुँदे सहमतिपछि सातौं दिनमा त्रिविमा अनेरास्ववियूको आमरण अनशन अन्त्य

२ साउन, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यलयमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले गरेको आमरण अनसन सातौं दिनमा अन्त्य भएको छ।अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तले २८ असारदेखि त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यालय अगाडि विभिन्न माग राखेर आमरण अनसन सुरु गरेका थिए । सोमबार त्रिविको वार्ता समितिसँग ११ बुँदे सहमति भएपछि उनीहरुले अनशन तोडेका हुन् ।उनीहरुबीच स्नातक, स्नातकोत्तर, एमफिल तथा पिएचडी तहका नियमित र आन्तरिक स्रोतबाट सञ्चालित कार्यक्रमका सम्बन्धमा आंगिक र सम्बन्धन प्राप्त क्याम्पस र निकायहरुले लिने शुल्क समायोजन गर्ने सहमति भएको छ ।त्यस्तै ती तहका निरन्तर पाठ्यक्रम परिमार्जनका लागि आवश्यक सुझाव दिन पन्ध्र दिनभित्र कार्यदल गठन गरी आगामी पुससम्म कार्यान्वयन गर्ने, विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनहरुका केन्द्रीय नेतृत्वसँग स्ववियु निर्वाचनको सन्दर्भमा भदौ मसान्तसम्म छलफल गर्ने पनि सहमति भएको छ ।त्यस्तैगरी मानविकी तथा सामाजिकशास्त्र र व्यवस्थापन संकायका परीक्षा प्रणालीमा देखिएका कमजोरी हटाउन परीक्षा प्रणालीलाई थप व्यवस्थित र नीतिगत सुधार गर्न तथा परीक्षा व्यवस्थालाई मर्यादित बनाउन कसुर अनुसार थप सजायको व्यवस्था गर्न उच्चस्तरीय समिति गठन गरी कार्यविधि तयार गर्ने सहमति पनि भएको छ ।त्रिवि कार्यकारी परिषदले २७ असारमा गठन गरेको छानबिन समितिको प्रतिवेदन कार्यन्वयन गर्ने लगायतको बुँदामा सहमति भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top