Nepal Times
Nepal Times
3
Shares

जुम्लामा जङ्गली च्याउ खाँदा एकै घरका ५ जना बिरामी

जुम्लामा जङ्गली च्याउ खाँदा एकै घरका ५ जना बिरामी

९ साउन ,जुम्ला ।

जङ्गली च्याउको तरकारी खाँदा जुम्लामा एकै घरका पाँच जना बिरामी परेका छन् ।जङ्गली च्याउ खाँदा तिला गाउँपालिका ४ नुवाकोट गाउँका विष्णु हमालको परिवारका चारसहित त्यही घरमा बस्ने अर्का एक जना बिरामी भएका छन् । बिरामी पर्नेमा हमालसहित श्रीमती सम्झना, छोरीहरू सबिना र सम्झौता र घरमा कामको सिलसिलामा बस्दै आएका चन्दननाथ नगरपालिका–९ रोकायाबाडाका डेकेन्द्र रोकाया बिरामी परेका हुन् ।बिरामी परेकाहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.