सेयर बजारमा निरन्तर वृद्धि, आजै साढे ५४ अङ्कले बढ्यो नेप्से

९ साउन, काठमाडौं ।

मौद्रिक नीति सार्वजनिक भएपछिको दुई दिनमा सेयर बजारमा निरन्तर वृद्धि भएको छ । आइतबार र सोमबार गरी दुई दिनमा सेयर बजार ११५।५ अंकले वृद्धि भएको छ ।

आइतबार ६१।०५ अंकले बढेको बजारमा सोमबार समेत आकर्षण देखियो । सोमबार ५४।४५ अंकले बढेको बजार २१३२।९६ बिन्दुमा पुगेर रोकिएको छ ।

कारोबार रकम समेत आइतबारको तुलनामा उल्लेख्य बढेको छ । सोमबार कुल २१४ कम्पनीको ६४ हजार २३१ वटा कारोबारबाट ९९ लाख ४४ हजार ४८ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ रुपैयाँको कारोबार भएको छ ।सोमबार सबै उपसमूहमा हरियाली देखियो । सबैभन्दा धेरै विकास बैंकका लगानीकर्ताले कमाएका छन् । सोमबार ७ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नारायणी विकास बैंक, मल्टिप्रपोज फाइनान्स, सूर्योदय वामी लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, युनाइटेड मोर्दी हाइड्रो, मानुषी लघुवित्त र बलेफी हाइड्रोको मूल्यमा सकारात्मक सर्किट लागेको हो । एक दर्जन कम्पनीको मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

यस दिन धेरै घट्नेमा डिभेन्चरहरु रहेका छन् । शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top