रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी द्धारा स्वयमसेवक माग

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी  द्धारा  स्वयमसेवक माग

  ११ साउन ,काठमाण्डौ ।

रवि लामिछाने नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले स्वयमसेवक माग गरेको छ।पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा रहेर काम गर्न जनसम्पर्क डेस्क स्वयसेवकदेखि सोसल मिडिया सहयोगीसम्म माग भएको छ।पार्टीले आज निकालेको सूचनामा आठ जना जनसम्पकर्क डेस्क स्वयसेवक मा भएको छ।बिहान १० देखि साँझ ६ बजेसम्म उनीहरूले काम गर्नुपर्ने हुन्छ भने समयावधि २ महिना मात्रै रहेको छ।

यस्तै कम्प्युटर अपरेटर १० जना माग भएको छ। उनीहरूले बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म काम गर्नुपर्ने र समयावधि २ महिना छ।पार्टीले सोसल मिडिया सहयोगी २० जना माग गरेको छ। उनीहरूले १० बजेदेखि अपरान्ह ५ बजेसम्म काम गर्नुपर्ने र समयावधि २ महिना छ। स्वयमसेवा गर्न किन इच्छुक छु भन्ने व्यहोराको साथमा वैयक्तिक विवरण सिभी पनि              [email protected] मा पठाउन पनि उक्त पार्टीले आग्रह गरेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.