युरोपको उत्कृष्ट चार खेलाडीमै परेनन् मेसी

एजेन्सी,भदौ ५
युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए) ले सोमबार २०१७÷१८ को सिजनको उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।उक्त मनोनयनमा बार्सिलोनाका कप्तान लिओनेल मेसी पाँचौ स्थानमा परेका छन् । यसपटक उनलाई चार खेलाडीले उछिन्दै शीर्ष ३ बाट बाहिर धकेलेका छन् ।

रुसमा पछिल्लो महिना सम्पन्न विश्वकपमा अर्जेन्टिनाको कप्तानी सम्हाल्दै राउण्ड अफ १६ बाट बाहिरिएका मेसीले बार्सिलोनाबाट पनि अपेक्षित प्रदर्शन गर्न सकेका थिएनन् । विगत केहि सिजनयता प्रदर्शन खस्केपनि मेसी उत्कृष्ट खेलाडीको शीर्ष ३ सुचिमा भने पर्दै आएका थिए ।

शिर्ष तीनमा क्रिस्टियानो रोनाल्डोसँगै रियल म्याड्रिडकै लुका मोड्रीच र मोहमद सलाह परेका छन् ।यसैगरी चौथो स्थानमा एटलेटिको म्याड्रिडका एन्टोइन ग्रिज्मनले मेसीलाई फराकिलो अंकको दुरीले पछाडी पारेका छन् । मेसीले ५५ अंक प्राप्त गर्दा ग्रिज्मनले ७२ अंक प्राप्त गरेका छन् । यो दुरी मेसीलाई पछ्याईरहेका पीएसजीका किलियन एमबाप्पे भन्दा बढी हो । एमबाप्पेको ४३ अंक रहेको छ ।

खेलाडी छनोट अघिल्लो वर्ष घरेलु लिग, कन्टिनेन्टल र अन्तर्राष्ट्रिय स्तरमा खेलाडीले गरेको प्रदर्शनलाई आधार मान्दै च्याम्पियन्स लिग र युरोपा लिगका विभिन्न ८० प्रशिक्षक र युरोपियन स्पोर्टस् मिडिया (इएसएम) ग्रुपका ५० जना खेल पत्रकारले गरेका हुन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top