एजेन्सी,भदौ ५
युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए) ले सोमबार २०१७÷१८ को सिजनको उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।उक्त मनोनयनमा बार्सिलोनाका कप्तान लिओनेल मेसी पाँचौ स्थानमा परेका छन् । यसपटक उनलाई चार खेलाडीले उछिन्दै शीर्ष ३ बाट बाहिर धकेलेका छन् ।
रुसमा पछिल्लो महिना सम्पन्न विश्वकपमा अर्जेन्टिनाको कप्तानी सम्हाल्दै राउण्ड अफ १६ बाट बाहिरिएका मेसीले बार्सिलोनाबाट पनि अपेक्षित प्रदर्शन गर्न सकेका थिएनन् । विगत केहि सिजनयता प्रदर्शन खस्केपनि मेसी उत्कृष्ट खेलाडीको शीर्ष ३ सुचिमा भने पर्दै आएका थिए ।
शिर्ष तीनमा क्रिस्टियानो रोनाल्डोसँगै रियल म्याड्रिडकै लुका मोड्रीच र मोहमद सलाह परेका छन् ।यसैगरी चौथो स्थानमा एटलेटिको म्याड्रिडका एन्टोइन ग्रिज्मनले मेसीलाई फराकिलो अंकको दुरीले पछाडी पारेका छन् । मेसीले ५५ अंक प्राप्त गर्दा ग्रिज्मनले ७२ अंक प्राप्त गरेका छन् । यो दुरी मेसीलाई पछ्याईरहेका पीएसजीका किलियन एमबाप्पे भन्दा बढी हो । एमबाप्पेको ४३ अंक रहेको छ ।
खेलाडी छनोट अघिल्लो वर्ष घरेलु लिग, कन्टिनेन्टल र अन्तर्राष्ट्रिय स्तरमा खेलाडीले गरेको प्रदर्शनलाई आधार मान्दै च्याम्पियन्स लिग र युरोपा लिगका विभिन्न ८० प्रशिक्षक र युरोपियन स्पोर्टस् मिडिया (इएसएम) ग्रुपका ५० जना खेल पत्रकारले गरेका हुन् ।