बकर ईदको अवसरमा प्रदेश १ मा सार्वजनिक विदा

विराटनगर, भदौ ५
इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईदको अवसरमा प्रदेश एक सरकारले एक नम्बर प्रदेशमा सार्वजनिक विदाको घोषणा गरेको छ । बकर ईदको अवसरमा प्रदेश सरकारले बुधबार ६ गते विदाको घोषणा गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय विराटनगरमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश भरी सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।

प्रदेश सरकारले यस अघि पनि अन्तराष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा प्रदेशभरी सार्वजनिक विदाको घोषणा गरेको थियो । तर संघीय सरकारले विदा नदिएको र आफूहरु संघीय सरकारको मातहतमा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय र मातहतका कार्यालयहरुले विदाको पालना गरेका थिएनन् ।

केहीदिन अघि मात्र बकर इदका अबसरमा सर्बजनिक विदा दिन माग गर्दै नेपाल मुस्लिम इत्तेहाद संगठन मोरङले मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाएको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top