एजेन्सी, भदौ ५
आयरल्याण्ड विरुद्धको पहिलो टी–२० खेलमा अफगानिस्तान १६ रनले विजयी भएको छ । जितसँगै अफगानिस्तानले ३ खेलको श्रृखंलामा एक शुन्यको अग्रता बनाएको छ ।
आयरल्याण्डको ब्रेडीमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले १८ ओभरमा ७ विकेट गुमाउँदै एक सय ६० रन बनाएको थियो । उसका लागि हज्रातुल्लाह जाजाईले ७४ रन बनाए ।
विस्फोटक पारी खेलेका जाजाईले ३३ बलमा आठ चौका र ६ छक्का प्रहार गरेका थिए । यस्तै कप्तान अज्घर अफगानले ३१ र मोहम्मद सहजादले २९ रन बनाए ।
जवाफमा आयरल्याण्ड १८ ओभरमा नौ विकेट गुमाउदा एक सय ४४ रनमा रोकियो । उसका लागि कप्तान गेरी विल्सनले ३४ तथा पल स्ट्रलिङले २७ र सिमी सिंहले २० रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन ।