इङ्ल्याण्डलाई भारतले दियो ५ सय २१ रनको विशाल लक्ष्य

एजेन्सी, भदौ ५
इङ्ल्याण्डलाई भारतले ५२१ रनको विशाल लक्ष्य दिएको छ । पहिलो पारीमा ३२९ रन बनाएको भारतले दोस्रो पारीमा ३५२ रन बनाएर पारी समाप्त भएको घोषणा गरेको थियो ।

Advertisement

लगातार दुइ टेस्ट गुमाएको भारतले तेस्रो टेस्टमा भने उत्कृष्ट प्रदर्शन गरेको छ । पहिलो पारीमा भारतले १६८ रनको अग्रता बनाएको थियो । पहिलो पारीमा इङ्ल्याण्ड १६१ रनमा समेटिएको थियो ।

भारतको दोस्रो पारीमा कप्तान विराट कोहलीले उत्कृष्ट प्रदर्शन गर्दै सतक समेत प्रहार गरेका छन् । कोहलीको टेस्ट क्रिकेटमा यो २३औं सतक हो । यसैगरी हार्दिक पाण्ड्याले नट आउट ५२ रन जोड्दा शिखर धवनले ४४ रन बनाएका थिए ।

Advertisement

५२१ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा आएको इङ्ल्याण्डले २४ रन बनाउँदा तेस्रो दिनको खेल सकिएको थियो । अब उसलाई जितका लागि ४९८ रन आबश्यक छ भने १० विकेटनै सुरक्षीत रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top