आज १५ अंकले बढ्यो नेप्से

११ साउन ७९, बिहीबार

१२ साउन, काठमाण्डौ ।

आज विहीबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १५।४९ अंकले बढेको छ । कारोबार समयदेखि बढ्न थाले पनि अन्तिम समयमा घट्ने प्रयास गरेको नेप्से बन्द हुँदासम्म दोहोरो अंकले बढेको हो । यसक्रममा आज ४ अर्ब ९७ रुपैयाँ बराबरको कारोबार भएर १ करोड १९ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ ।आज बजार बढेपनि तीनवटा समूहमा भने गिरावट आएको छ । निर्जीवन बीमा समूह, उत्पादनमूलक र अन्य समूहमा गिरावट आएको हो । हिजो मंगलबार नेप्से परिसूचक २३ अंकले बढेको थियो । यस्तै, हिजो ३ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

उत्पादनमूलक समूह २४ अंकले घट्दा अन्य समूह ३ अंकले र निर्जीवन बीमा समूह ०।५५ अंकले घटेको छ । यीबाहेक अन्य समूहमा भने सुधार आएको छ । विकास बैंक समूह ८५ अंकले बढ्दा होटल, लघुवित्त समूह ७० अंकले र टुरिजम समूह ६४ अंकले बढेको छ ।

यसैगरी, जलविद्युत समूह २९ अंकले बढेको छ भने जीवन बीमा समूह १५ अंकले बढेको छ । बजार बढेको दिन विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३ रुपैयाँ बढेर ३६७ रुपैयाँ पुगेको छ ।

यसका साथै, राष्ट्र उत्थान लघुवित्त वित्तीय लिमिटेडको सेयर मूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता ११ सय ७१ रुपैयाँ पुगेको छ । यसक्रममा आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०६ अंक बढेको छ । यस्तै, एक्सेल विकास बैंकको सेयर मूल्य समेत ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top