राष्ट्रपतिलाई राष्ट्रपत्नी भनेपछि भारतीय संसद्मा हंगामा

राष्ट्रपतिलाई राष्ट्रपत्नी भनेपछि भारतीय संसद्मा हंगामा

१२ साउन,एजेन्सी ।

भारतीय कांग्रेस सांसद अधीर रञ्जन चौधरीले नवनियुक्त राष्ट्रपति द्रौपदी मुर्मुलाई राष्ट्रपत्नी भनेको विषयमा बिहीबार सत्तापक्ष भारतीय जनता पार्टी (भाजपा) का महिला सांसदले सदनमा बबाल गरेका छन्। अधीर रञ्जनले बुधबार मुर्मुलाई राष्ट्रपत्नी भनेर सम्बोधन गरेका थिए। यो मुद्धालाई लिएर भाजपा महिला सांसदले सोनिया गान्धीले माफी माग्नुपर्ने भन्दै पोस्टर प्रदर्शन गरेका छन्। सोनिया भारतीय कांग्रेस अध्यक्ष हुन्। उनी अहिले राजश्व अनुसन्धान विभागको छानवीनमा छिन्।

सोनियालाई राजश्वले मनि लाउन्ड्रिङको मुद्धामा लगातार सोधपुछ गरिरहेको छ। बिहीबार भएको हंगामाका कारण लोकसभा र राज्यसभाको कार्यवाही स्थगित भयो। अधीर रञ्जनले यस विषयमा प्रतिक्रिया दिँदै माफी माग्न अस्विकार गरेका छन्। उनले भनेका छन्, ‘गल्तीले मैले मुर्मुलाई राष्ट्रपत्नी भने, अब के मलाई फाँसीमा झुन्ड्याउनु हुन्छ । सत्तापक्ष तिललाई पहाड बनाउने अभियानमा छ।’

भाजपा सांसद स्मृति इरानीले संसदमा भनिन्, ‘कांग्रेस गरिब र आदिवासी विरोधी हो। आफ्नो गल्तीमा माफी माग्नुको सट्टा कांग्रेस उल्टै ठूलो कुरा गरिरहेको छ। सोनिया गान्धीले कांग्रेसको तर्फबाट माफी माग्नु पर्छ। कांग्रेसले हरेक भारतीय नागरिकको अपमान गरेको छ।’ सोनियाले समाचार एजेन्सीहरूलाई यस विषयमा जानकारी दिँदै भनेकी छिन्, ‘अधीरले पहिले नै आफ्नो गल्ती स्विकारिसकेका छन्।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.