विराटनगर गाँजा तस्करीको सजिलो ‘ट्रान्जिट’ बन्दै

१६ साउन ७९, मंगलबार

१७ साउन, काठमाण्डौ ।

विराटनगर नाका गाँजा तस्करीको सजिलो ‘ट्रान्जिट’ बन्दै गएको छ।भारत लैजान ठिक्क पारिएको अवस्थामा विराटनगर क्षेत्रबाट बाक्लै रूपमा गाँजा बरामद हुन थालेको घटनाले यस्तो देखाएको हो।पूर्वी नेपालका पहाडी जिल्लामा उत्पादन हुने गाँजा भारतमा महँगो मूल्यमा बिक्री वितरण हुने भएकोले यसको तस्करी हुँदै आएको छ। बारीमा किसानले १ किलोको २५ सयदेखि चार हजार रुपैयाँसम्म पाउँछन्।

विराटनगर आइपुग्दा प्रतिकेजी २० हजार पुग्ने यसको मुल्य भारतीय बजार पुग्दा ४० देखि ५० हजारसम्मको हुने भएकाले तस्करी बढेको सुरक्षा क्षेत्रका जानकार बताउँछन्।आर्थिक फाइदाको लोभमा जोखिम मोलेर गाँजा तस्करी गर्ने सक्रिय बनेका हुन्। गएको शुक्रबार मात्रै ठूलो परिमाणको गाँजा बरामद भएको विराटनगरमा गए राति ३६ केजी गाँजा प्रहरीले फेरि बरामद गरेको छ।संयोग के छ भने, दुवैपटक गाँजा समातिएको लोकेसन उस्तै छ।

Advertisement

गत शुक्रबार राति बन्दा बोकेर भारततिर जान लागेको ट्रकबाट प्रहरीले ६ बोरा अर्थात १५६ केजी गाँजा बरामद गरेको थियो। माथि बन्दा र तल गाँजा लोड भएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको तीन दिनपछि अर्थात सोमबार राति रानी नाकाबाटै १५६ केजी बरामद भएको मोरङ प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय रानीले गाँजासहित २५ वर्षीय मुकेश गुरूङलाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेका गुरुङ भरिया भएको बताएको छ। उनले निश्चित रकम पाउने लोभमा तस्करीको गाँजा गन्तव्यसम्म पुर्‍याउने जिम्मा लिएका थिए। प्रहरीले बरामद गरेको गाँजा इप्रका रानीबाट करिब ७ किलोमिटर पूर्व पर्छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top