×

NEPAL TIMES UPDATES

Playing
१८ मन्त्रालय कुन कुन हुन् ? कुन खारेज भए? कुन गाभिए ? || Nepal Times
May 14, 2026
Playing
विपक्षीले गरे जवरजस्तीको संसद् अवरोध, नियमावलीमा छैन् व्यवस्था|| Nepal Times
May 13, 2026
Playing
संसद्मा पुग्यो न्यायालयको विषय || Nepal Times
May 13, 2026
Playing
ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा आसिफ र दीपेन्द्रको प्रवेश|| Nepal Times
May 13, 2026
Playing
ट्रम्प ८ वर्षपछि चीनमा उत्रिदा जे देखियो, छोराबुहारीसहित १७ ब्यापारी|| Nepal Times
May 13, 2026
Playing
आफ्नै कारण संसद्मा हंगामा हुँदा प्रधानमन्त्री बालेन कहाँ थिए ?|| Nepal Times
May 13, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-30-2083 || Nepal Times
May 13, 2026
Playing
इरानका धेरै मिसाइल लन्च साइट सुरक्षित, अमेरिकी १३ हजार अट्याक फेल || Nepal Times
May 13, 2026
Playing
सेनासँग किन टक्कर लिदैछन् बादल ? || Nepal Times
May 13, 2026
Playing
Americaले ४ लक्ष्मणरेखा नाघ्न नहुने, ट्रम्प–सी भेट अघि जी२को चर्चा || Nepal Times
May 13, 2026

आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

२५ श्रावण २०७९

२५ साउन,काठमाण्डौ ।
आज पनि देशका केही ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार आज १९ जिल्लाका साना नदी तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । देवघाटस्थित नारायणी, चिसापानीस्थित कर्णाली र पारिगाउँस्थित महाकाली नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही ठूला नदीमा बहाव सामान्य बढ्ने जनाइएको छ ।

आज दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

Advertisement
Advertisement

उक्त नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यता भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको छ । प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका वडा नम्बर १ दुवाकोट बेसीका २० वटा घर टहरामा पानी पसेको छ । त्यहाँका नागरिकलाई सुरक्षित ठाउँमा उद्धार गरिएको छ ।

यस्तै, मध्यपुर थिमि नगरपालिका वडा नम्बर १ मा माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भइ ६० वटा घर टहरामा पानी पसेको छ । यस्तै, मनोहरा खोला नजिक रहेका केही बङ्गुर तथा कुखुरा फार्ममा बाढीको असर परेको छ । गएराति ठूलो वर्षासँगै आएको बाढी सुकुम्वासी बस्तीमा पसेको हो । काठमाडौंमा विष्ट गाउँका एक तल्लासम्मका घरहरू डुबानमा परेका छन् ।

काँडाघारी प्रहरी कार्यालय भवनको भुइँ तला पनि डुबेको छ । मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाउनुका साथै पार्किङमा राखिएका तीनवटा मोटरसाइकल पनि बगेका छन् । प्रहरी कार्यालयको सन्चार र इन्टरनेट पनि प्रभावित भएको छ । ठूलो पानीका कारण काठमाण्डौ उपत्यकाका वाग्मती, विष्णुमती, पुण्यमति, हनुमन्ते, मनोहरा लगायतका नदी, खोलाहरुमा बाढी आएको छ ।

Advertisement

वाग्मती छेउछाउमा सडकसम्म नै बाढी पसेको छ । आज बिहान ६ बजेसम्म त्रिभुवन विमानस्थलमा ७५.१ मिलिमिटर वर्षा मापन भएको छ । आज प्रदेश–१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै, राति यी प्रदेशसहित सुदूरपश्चिमका केही ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । केही दिन लगातार झरी पर्ने सम्भावना भने छैन । तर प्रि–मनसुनको जस्तै केही ठाउँमा एक्कासी ठूलो वर्षा हुने भएकाले बाढी पहिरोको जोखिम छ ।

Advertisement

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top