Nepal Times
Nepal Times
3
Shares

केन्या भ्रमणकालागि नेपाली क्रिकेट टोली घोषणा

केन्या भ्रमणकालागि नेपाली क्रिकेट टोली घोषणा

२५ साउन,काठमाण्डौ ।

पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार केन्या भ्रमणको लागि १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा आयोजना हुन लागेको ५ ट्वान्टी–२० र तीन एक दिवसीय सिरिजका लागि मंगलवार क्यानले लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । जसमा ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् भने यु–१९ टोलीका विकेटकिपर अर्जुन साउद पनि टोलीमा अटाएका छन् ।

मल्लले पछिल्लो पटक विश्व क्रिकेट लिग–२ अन्तर्गत मार्चमा युएईसँगको खेलमा समावेश थिए । राष्ट्रिय टोलीमा पछिल्लो पटक स्कटल्याण्ड भ्रमण गरेका विनोद भण्डारी, कुशल भुर्तेल र सुनिल धमला टोलीबाट बाहिरिएका छन् भने अर्जुन साउद पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका हुन् ।

यस्तै बैकल्पिक खेलाडीमा क्यानले चार खेलाडी समावेश गरेको छ । वैकल्पिकमा तीब्र गतिका बलर जितेन्द्र मुखियासहित भीम सार्की, प्रतिश जिसी र हरिशंकर शाह रहेका छन् । घोषणा भएको टोलीले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा आयोजना हुने सिरिज खेल्नेछ ।

नेपालले भ्रमण गर्ने सिरिजमा ५ ट्वान्टी–२० र तीन एक दिवसीय खेल हुनेछन् । दुवै सिरिज केन्याको घरेलु मैदानमा हुनेछ । घरेलुटोली केन्यासँगको सिरिजको लागि मंगलवार नै तालिका समेत सार्वजनिक गरेको छ । तालिका अनुसार नेपालले ट्वान्टी–२० सिरिज खेल्नेछ ।

पहिलो ट्वान्टी–२० अगस्ट २५ मा हुनेछ भने दोस्रो अगस्ट २६, तेस्रो अगस्ट २८, चौथो अगस्ट २९ र अन्तिम अगस्ट ३० मा हुनेछ । यस्तै पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो एकदिवसीय सेप्टम्बर ३ र अन्तिम एकदिवसीय सेप्टेम्बर ५ मा हुने तालिका रहेको छ । नेपाली टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा नेपाली टोली केन्या भ्रमणमा जानेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.