Nepal Times
Nepal Times
3
Shares

अटल फार्मेसीले ६२२ को औषधि ९९६ मा बेच्यो

अटल फार्मेसीले ६२२ को औषधि ९९६ मा बेच्यो

२६ साउन, विराटनगर । विराटनगरको एक चर्चित फार्मेसीले औषधिको बिक्री गर्दा अत्यधिक शुल्क लिएको फेला परेको छ ।

विराटनगर जलजलाचोक स्थित अटल फार्मेसीले औषधिको बिक्री गर्दा ठगी गरेको भन्दै विराटनगरस्थित पब्लिक फोरममा उपभोक्ताले उजुरी गरेका छन् ।

विराटनगर–६ की अधिश्री भट्टराईले मधुमेय रोगी आफ्न्तका लागि खरिद गरेको इन्सुलिनमा अटल फार्मेसीले ठगी गरेको भेटिएको छ ।

 

नेपाली बिक्री मूल्य उक्त औषधिमा लेखिएको भएता पनि उक्त रकम भारतीय मूल्य भन्दै अध्याधिक शुल्क अशुल गरी ठगी गरेको पब्लिक फोरमले उल्लेख गरेको छ ।

अटलमा खरिद गरेको औषधिमा समेत बिक्री मूल्य ६२२ रुपैया ४० पैसा लेखिएको छ । तर फार्मेसीले औषधिको बिक्रीवापत ९ सय ९६का दरले शुल्क लिई ठगी गरेको भन्दै पब्लिक फोरमले कारबाहीको माग गरेको छ ।

फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले मानिसको जिवनसँग जोडिएको औषधि जस्तो अत्यावश्यक बस्तुमा समेत खुलेआम ठगी गरिएको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ र यसको नियमावली २०७६ वमोजिम कारवाहीको माग गरेका छन् ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.