×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

सिंगापुर–थाइल्यान्ड पछि राजापाक्षे कहाँ जालान् ?

२६ श्रावण २०७९

२६ साउन, एजेन्सी।

वर्षाैसम्म श्रीलंकाको शासन सत्तामा हालीमुहाली गरेका अपदस्थ राष्ट्रपति गोटाबाय राजापाक्षेलाई मुन्टो लुकाउने बास पाउन समेत मुस्किल पर्दे गएको छ । जनताले लखेटेपछि ज्यान जोगाउन देश छोडेर माल्दिभ्स हुदै सिंगापुर पुगेका राजापाक्षेले अब थाइल्यान्डमा आश्रय लिने भएका छन् । थाइल्यान्डले उनलाई अस्थायी रूपमा देशमा बस्ने अनुमति दिएको छ ।

Advertisement
Advertisement

उक्त अवधिमा उनले स्थायी शरण दिने तेस्रो राष्ट्रको खोजी गर्ने प्रधानमन्त्री प्रयुत चान–ओ–चाले बताएका छन् । सरकारविरोधी प्रदर्शनका बीच गएको जुलाईमा श्रीलंकाबाट भागेर हाल सिंगापुरमा रहेका राजापाक्षेले बिहीबार सिंगापुरको भिसा सकिएपछि थाइल्यान्डमा शरण खोजिरहेका थिए । जुलाई १३ मा माल्दिभ्सतर्फ उडेका उनी त्यसपछि सिंगापुर भागेका थिए ।

त्यहीँबाट उनले पदबाट राजीनामाको घोषणा गरेका थिए । थाइल्यान्डका प्रधानमन्त्री प्रयुतले ७३ वर्षीय राजापाक्षे अस्थायी रूपमा थाइल्याण्डको भ्रमणमा रहेको पुष्टि गरे । त्यहाँ बसेर स्थायी शरणको खोजी गरिरहँदा राजनीतिक गतिविधिहरू नगर्ने वाचा गरेको प्रधानमन्त्री प्रयुतले बताएका छन् । “यो एक मानवीय मुद्दा हो । हामीले अस्थायी बसाइको वाचा गरेका छौँ ।

कुनै (राजनीतिक) गतिविधिलाई अनुमति छैन र यसले उनलाई शरण लिनको लागि देश खोज्न मद्दत गर्नेछ,” बैंकक पोस्ट अखबारले प्रयुतलाई उद्धृत गर्दै भनेको छ । परराष्ट्रमन्त्री डोन प्रमुद्विनाइले अपदस्थ राष्ट्रपतिले कूटनीतिक राहदानी बोकेकाले थाइल्यान्डमा ९० दिन बस्न सक्ने बताएका छन् । यता श्रीलंकामा राजापाक्षेविरुद्ध सुरु भएको आन्दोलन १२३ दिनपछि मंगलबार रोकिएको छ । तर, आन्दोलनकारीहरूले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

Advertisement

श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । आन्दोलनकारीले अप्रिल ९ मा गाले फेसमा सरकारविरुद्ध प्रदर्शन सुरु गरेका थिए र ‘गोटा गो होम’ भन्ने नाराका साथ अभियानलाई ब्रान्ड गरेका थिए । उनीहरुको आन्दोलनले विश्वकै ध्यान खिचेको थियो भने उनीहरुले पटक पटक सडकबाटै सत्ता परिवर्तन गराएका थिए ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top