सेयर बजारको ओरालो यात्रा आज पनी कायम

२५ साउन ७९, बिहीबार

२६ साउन, काठमाडौं ।

सेयर बजार परिसूचक नेप्से बिहीबार पनि घटेको छ । पछिल्लो चार दिन ९सोमबारदेखि बिहीबारसम्म०मा बजार ८५।९९ अंकले घटेको छ । साताको पाँचौ कारोबार दिन बिहीबार नेप्से १९।०६ अंक ९०।९३ प्रतिशत० ले गिरावट हुँदा २०३७।८३ अंकमा बन्द भएको छ । आइतबार सेयर बजार २१२३।८२ बिन्दुमा रहेको थियो ।

नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा बिहीबार कारोबार रकम पनि घटेको छ । सामूहिक लगानी कोष उपसूचक बाहेक सबै उपसूचक घटेको छ । सामूहिक लगानी कोष उपसूचक ०।४६ प्रतिशतले वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक २।३८ प्रतिशतले गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०।२३ प्रतिशतले घटेको छ ।

पछिल्लो समय लगातार २ अर्ब नाघिरहेको कारोबार रकम बुधबार २ अर्बबाट तल झरेको मा बिहीबार लगातार दोस्रो दिन पनि कनारोबार रकम दुई अर्बबाट तल झरेको छ । मंगलबार २ अर्ब ८१ करोडको कारोबार भएको बजारमा बुधबार १ अर्ब ९३ करोड ५५ लाख २० हजारको कारोबार भएको थियो । बिहीबार पनि ६२ लाख ९८ हजार ६३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँको कारोबार भएको छ ।

जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ७ करोड २७ लाख ७४ हजारको कारोबार हुँदा शिवम् हिमालयन डिस्टिलरीको ६ करोड १२ लाख १५ हजारको कारोबार भएको छ ।

बुधबार बजारमा १८३ कम्पनीको सेयर कारोबारमा आएकोमा १५० कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ३२ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १ कम्पनीको सेयमूल्य भने स्थिर रहेको छ ।

बुधबार कारोबार भएकामध्ये हिमालयन हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९।९९ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य ९।९८ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । दुवै कम्पनी हालै मात्रै सार्वजनिक निष्कासन भएर नेप्सेमा सूचीकृत भएका हुन् ।

यता युनिलिभर नेपालको सेयरमूल्य ८।२३ प्रतिशतले गिरावट भएको छ । यता बुद्धभूमि हाइड्रोपावर नेपालको सेयरमूल्य ७।५६ प्रतिशतले गिरावट भएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top