खाडीमा श्रम गरेर कमाएको पैसा अलि सुविस्तारको काम र धेरै तलब पाउने आशमा तस्करलाई बुझाएर फस्नेको संख्या बढेको छ ।साउदी, कतार, मलेसियामा ५,१० बर्ष काम गरेपछि टर्की, ग्रिस वा मकाउजस्ता राम्रो कमाई हुने देश पस्ने लोभमा युवा फस्ने गरेका हुन् ।
यी ठाउँमा गतिलो काम पाइने आशमा वैदेशिक रोजगारीमा रहेका युवाले तस्करलाई २ लाख ५० हजारदेखि ७ लाखसम्म बुझाउने गरेका छन् । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
तर, पैसा बुझाईसकेपछि ती ठाउँमा जान नपाएका वा अवैध तरिकाले पुगेर फर्किनेको संख्या बढेको प्रहरीको भनाई छ ।