×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बन्दको मौकामा आफ्नै टिपरमा आगो लगाएपछी

७ भाद्र २०७९

७ भदौ ,काठमाण्डौ ।

बिमा रकमको लोभमा परी दाङको घोराहीमा चार दलले आह्वान गरेको बन्दको मौकाछोपी चालक र सहचालक आफैंले चलाउँदै आएको टिपरमा आगो लगाएका छन् । चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।

Advertisement
Advertisement

घोराही–लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिपरमा आगो लगाइएको प्रहरीले जनाएको छ । विभिन्न चार राजनीतिक दलले आह्वान गरेको बन्दको मौका पारी बिहान गाडीमा आगजनी भएको देखेपछि चालक अर्जुन चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताएका छन् ।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको उनले बताएका छन् । गाडी मालिकको पनि खोजी भइरहेको काफ्लेले जानकारी दिएका छन् । बिमा रकमको लोभमा बिग्रेको गाडीमा आगजनी गरेको देखिएको उनले बताएका छन् ।

दुई दिन देखि उक्त स्थानमा टिपर बिग्रिएर रोकि राखेको थियो । मंगलबार बिहान साढे चार बजे टिपरमा आगजनी भएको र बन्द कर्ताहरुले आफुहरुको बन्द कार्यक्रम बिहान पाँच बजे पछि मात्रै भएको भन्दै टिपर आगजनीमा आफुहरुको संलग्नता नभएको जानकारी गराएपछि चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्ने चालक राप्ती गाउँपालिका सिसहनियाका अर्जुन चौधरी र सहचालक कृष्ण भनिने आकाश चोधरी रहेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा मंगलबार बिहान ४ साढे बबई खोलाको पुल नजिक आगजनी गरिएको थियो ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top