Nepal Times
Nepal Times
3
Shares

भारतमा फैलिएको टम्याटो फ्लू कस्तो रोग हो ?

भारतमा फैलिएको टम्याटो फ्लू कस्तो रोग हो ?

९ भदौ , एजेन्सी ।
भारतमा टम्याटो फ्लूका विरामीहरु बढ्दै गएका छन् । टम्याटो फ्लू नाम सुन्दा टमाटरबाट लाग्ने रोग हो जस्तो लाग्न सक्छ तर यो फ्लुको टमाटरसँग कुनै सम्बन्ध छैन । मे ६, २०२२ मा केरलाको कोल्लम जिल्लामा टम्याटो फ्लूको पहिलो बिरामी भेटिएको थियो । जुलाई २६, २०२२ मा केरलामा पाँच वर्ष मुनिका ८२ बालबालिकालाई टम्याटो फ्लू भएको पुष्टि भयो ।

फेरि अगस्ट २४, २०२२ मा भारतमा टम्याटो फ्लूका १०० भन्दा बढी केसहरू भेटिए । केरला बाहेक, अहिलेसम्म ओडिशा, तमिलनाडु र हरियाणा जस्ता राज्यहरूमा टम्याटो फ्लूका बिरामी भेटिएका छन् । केरलापछि सबैभन्दा धेरै यस रोगबाट ओडिसामा संक्रमित भएका छन् । त्यहाँ कुल २६ बालबालिकामा यो फ्लू पुष्टि भएको छ । यी सबै बालबालिका १ देखि ९ वर्ष उमेर समूहका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सबै राज्यमा ’टम्याटो फ्लू’ सम्बन्धी सुझाव जारी गरेको छ । यसमा रोग, यसका लक्षण र रोकथामका बारेमा जानकारी दिइएको छ । भारतको सरकारी मेडिकल कलेज, तिरुवनन्तपुरमका सामुदायिक चिकित्साका एसोसिएट प्रोफेसर डा अनिश टीएले सो फ्लु लागेपछि शरीरका विभिन्न भागमा टमाटरजस्तो रातो रङका फोकाहरू निस्कन थाल्ने बताएका छन् ।

सुरुमा यी फोका साना हुने तर बिस्तारै बढ्न थाल्ने र साना रातो टमाटरजस्ता देखिने उनको भनाइ छ । यही कारणले गर्दा केरलाका केही स्थानीयले यस रोगको नाम ‘तक्काली पनी’ दिएका छन् । ‘तक्काली पनी’ मलयाली शब्द हो । जसको अर्थ अंग्रेजीमा ’टम्याटो फ्लू’ हुन्छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले यसलाई हात, खुट्टा र मुखको बिरामी (एचएफएमडी)भनेको छ । यो कुनै नयाँ रोग भने होइन । यो एचएफएमडी हात खुट्टा र मुखमा लाग्ने बिमारी हो ।

साधारणतया यो बिमारी बच्चाहरुलाई धेरै लाग्छ । यो रोगबाट भारतमा अहिलेसम्म मत्यु भने भएको छैन । यसको लक्षण अरु भाइरल जस्तै हुन्छ । सुरुमा हल्का जरो आउँने, भोक नलाग्ने, थकाइ लाग्ने र घाँटीमा खसखस हुने चिकित्सकहरुलाई उदृत गर्दै भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । त्यस्तै जरो आएको दुई तीन दिनपछि मुख,हात खुट्टा, घाँटी हत्केला आदिमा राता फोका आउने गर्दछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.