चोरी भएको  दुर्गाको मुर्ति नेपाल फर्काइदै

९ भदौ , एजेन्सी ।

नेपालबाट विभिन्न समयमा हराएका, चोरी भएका, तस्करी गरिएका प्राचीन कला संस्कृतिसँग जोडिएका पुरातात्विक वस्तुहरु पछिल्लो समय विश्वका विभिन्न देशहरुमा फेला परिरहेका छन् । यसरी फेला परेका पुरातात्विक त्यस्ता वस्तुहरु  नेपालमा फर्काईन थालिएको  छ।  पछिल्लो समय सन् १९६० मा नेपालबाट चोरी भएर अमेरिका पुगेको दुर्गाको मूर्तिलाई नेपाल फर्काइने भएको छ ।

अमेरिकाको न्युयोर्कमा रहेको नेपालको महावाणिज्य दूतावास र म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयले संयुक्त रुपमा नेपाली पुरातात्विक वस्तु नेपाल फिर्ता गर्ने घोषणा गरेका छन् । म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयमा भएको एक समारोहमा म्यानहट्टन जिल्ला न्यायाधिवक्ता एल्भिन एल ब्राग जुनियरबाट कार्यवाहक महावाणिज्य दूत विष्णु गौतमले चोरी भएर अमेरिका पुगेको पुरातात्विक दुर्गाको मूर्ति ग्रहण गरेका छन् ।

Advertisement

यो मूर्ति लगभग १४औँ शताब्दीदेखि १८औँ शताब्दीको बीचमा काठमाण्डौमा बनेको अनुमान छ । मूर्ति सन् १९६० मा हराएको थियो । यो मूर्तिलाई गएको मार्चमा लिलामीमा राखिएको थियो । लिलामीमा मूर्तिको मूल्य १२ हजारदेखि १८ हजार अमेरिकी डलर राखिएको थियो । यो जानकारीपछि नेपाली महावाणिज्य दूतावासले मूर्ति नेपाल फर्काउने प्रक्रिया सुरु गरेको थियो ।

सन् २०२१ मा न्युयोर्कबाट चोरी भएका तीन वटा नेपाली पुरातात्विक वस्तु यसअघि नै नेपाल फर्काइएको थियो । यस्तै  बेलायतबाट समेत नेपालबाट चोरी भएर त्याहा पुगेका मुर्तिहरु  फर्काइएको छ । केही दिन अघि मात्रै नेपालबाट चोरी भएको ४ सय वर्ष पूरानो मुर्ति सिंगापुरमा एक संग्राहलयले प्रर्दशनमा राखेपछि पुनप्राप्तिका लागि नेपालले पहल गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top