नेविसंघको तालाबन्दीविरुद्ध अनेरास्ववियुले गर्यो प्रदर्शन

नेविसंघको तालाबन्दीविरुद्ध अनेरास्ववियुले गर्यो प्रदर्शन

१० भदौ, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयमा नेविसंघले गरेको तालाबन्दीको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको छ ।त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले तालबन्दी गरेको छ ।

त्यसको विरोध गर्दै विश्वविद्यालय परिसरमा शान्तिपूर्ण प्रदर्शन गरेको अनेरास्ववियु केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले जानकारी दिए ।नेपाल विद्यार्थी संघले २७ असारमा त्रिविको रजिस्ट्रारको कार्यालय, त्रिबि।केन्द्रीय कार्यालयको लेखा शाखा, व्यवस्थापन र मानविकी संकायको डिन, कृषि डिन कार्यालयमा तालाबन्दी गरेको छ ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.