आज कुशे औँशी

१० भदौ ७९, शनिबार

११ भदौ , काठमाण्डौ ।

आज कुशे औँशी । हरेक वर्ष भाद्रकृष्ण औँशीका दिनलाई कुशे औँशीका रुपमा मनाउने परम्परा छ । वैदिक सत्य सनातन धर्मावलम्वीहरुले वर्षभर देवकार्य र पितृकार्यका लागि प्रयोग गर्ने पवित्र कुश घर–घरमा भित्र्याएर कुशे औँशी पर्व मनाउने गर्दछन् । व्राह्मणले मन्त्रोच्चारणसहित पूजा गरेर यजमानको घरमा राख्ने कुशले परिवारको कल्याण हुने शास्त्रोक्त कथन छ ।

आज उखेलिएको कुश वर्षभर देव तथा पितृ कार्यमा प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कुशको आयु मात्र सोही दिन नै रहने शास्त्रप्रमाण छ । वैदिक सत्य सनातन धर्मावलम्वीले कुशलाई विष्णु भगवान प्रतिकको रुपमा पूजा गर्ने गर्दछन् । आजको दिन छोराछोरीले पितालाई मनपर्ने मिठाइ, फलफूल र अनेक मिष्ठान्न दिइ खुशी तुल्याइ पिताको मुख हेर्ने गर्दछन् । पिता गुमाएकाहरुले पिताको स्मरणमा पवित्र स्थानमा गएर श्राद्ध र तर्पण दिने प्रचलन छ ।

Advertisement

आज कुशे औँशीको दिन काठमाडौं उपत्यकाको गोकर्णेश्वरमा भक्तजनहरुको भीड लागेको छ । पिता नहुनेहरुले पिताको स्मरणमा पवित्रधाम गोकर्णेश्वरमा गएर श्राद्ध, तर्पण एवं पिण्डदान दिएका छन् । उत्तरगयाका रुपमा परिचित गोकर्णेश्वरमा पिण्डदान गर्दा पितृदोषबाट मुक्त भइने धार्मिक विश्वास छ । नेपालको तनहुँस्थित देवघाटधाम, म्याग्दीको गलेश्वर लगायतका पवित्र धाममा आज पितृहरुको स्मरणार्थ पिण्डदान एवं तर्पण गर्नेको भीड लाग्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top