×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारतमाथि लगाएको प्रतिबन्ध फिफाले ग¥यो फुकुवा

११ भाद्र २०७९

११ भदौ , एजेन्सी ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि लगाएको फुटबलको प्रतिबन्ध फुकुवा गरेको छ । अक्टोबरमा हुने १७ वर्ष मुनिको महिला विश्वकपका आयोजनाका लागि फिफाले भारतको फुटबल संघलाई पत्र लेखेर प्रतिबन्ध फुकुवा गरेको जनाएको हो । प्रतियोगिताको आयोजना अब भारतले नै गर्न पाउनेछ । यो प्रतियोगिता मुम्बईस्थित भुवनेश्वरमा अक्टोबर ११ देखि ३० सम्म हुँदैछ ।

Advertisement
Advertisement

अगस्ट १५ मा मात्रै भारतको फुटबललाई प्रतिबन्धको घोषणा गरेको थियो । फिफाले भारतलाई निलम्बन गरेको दुई साता पनि नबित्दै शुक्रबार फुकुवा गरेको हो । यस फैसलाबाट भारतले महिला फुटबल विश्वकपसमेत आयोजना गर्न नपाउने भएको थियो । अब यससंगै यसै महिना दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न भारतलाई बाटो खुलेको छ । साफ च्याम्पियनसिपको साविक विजेता समेत रहेको भारतलाई अब उपाधि रक्षाको मौका मिलेको छ ।

भदौ २१ देखि असोज ३ गते सम्म हुने च्याम्पियनसिपमा दक्षिण एसियाका सबै ७ राष्ट्रको सहभागिता रहनेछ । यद्दपी यो विषयमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आधिकारिक निर्णय गर्न बाँकी रहेको छ । अगष्ट २३ सम्म भारतको अवस्था के हुनु भन्ने विषयमा प्रतीक्षा गर्ने साफले यसअघि निर्णय गरेको थियो । तर हालसम्म निर्णय नगरेपछि अब भने भारतलाई बाटो खुलेको हो । च्याम्पियनसिपको छैटौं संस्करणमा आयोजक नेपालसँगै श्रीलंका र भुटान छन् ।

नेपालले हालसम्म साफ च्याम्पियनसिपमा श्रीलंका र भुटानविरुद्ध सबै खेलमा जित्दै आएको छ । भारतसँगै समूह ए मा अब बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहने छन् । भारत च्याम्पियनसिपको साविक विजेता हो । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

त्यस आधारमा समूह चरणमा ९ खेल तथा २ सेमिफाइनल र फाइनल गरि साफमा १३ खेल हुनेछन् । कुमार थापाको मुख्य प्रशिक्षणमा नेपाली टोलीले साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ । पहिलो चरणमा ५८ खेलाडी छनोट भएका थिए भने अहिले ३५ खेलाडीले प्रशिक्षण गरिरहेका छन् । पाँचौं संस्करण विराटनगरमा भएको थियो । त्यति बेला नेपाल भारतसँग पराजित भएको थियो । भुटानी फुटबल टोली भने बिहीबार नै काठमाडौं आइसकेको छ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top