विराटनगर : प्रदेश १ का प्रमुख जिल्ला अधिकारीहरुले दोस्रो पटक पनि प्रदेश सरकारले घोषणा गरेको बिदालाई अस्वीकार गरेका छन् । आजको उद्घोष दैनिकको पहिलो पृष्ठमा यो समाचार छ ।
प्रदेश १ को मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले बकर इदका अबसरमा बुधबार सार्वजनिक विदा दिने निर्णय गेरको थियो । सोही निर्णय मंगलबार नै १४ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर कार्यान्वयनबारे जानकारी गराएको थियो । तर, प्रदेश सरकारको प्रमुख प्रशासनिक कार्यालय रहेको जिल्ला मोरङमै जिल्ला प्रशासन कार्यालय लगायत अन्य कार्यालयहरु निर्धारित समयमै खुलेका छन् ।
घोषणा गरिएको सार्वजनिक विदा दोस्रो पटक पनि पुर्ण कार्यान्वयन हुन नसक्दा सरकारको कार्यक्षमतामै प्रश्न उठ्न थालेको छ ।