एसिया कपमा भारतले पाकिस्तानलाई पछार्याे

१२ भदौ ७९, सोमबार

१३ भदौ, एजेन्सी ।
एसिया कप टी–२० क्रिकेट प्रतियोगितअन्तर्गत आइतबार राति भएको समूह ’ए’ को बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । एसियाकपमा भारतले पाकिस्तानलाई नवौँ पटक पराजित गरेको हो । टी–२० मा भने भारतले पाकिस्तानलाई ८ औँ पटक पराजित गर्न सफल भयो ।

आइतबार राती दुबईमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले भारतलाई १ सय ४८ रनको सामान्य लक्ष्य दिएको थियो । उक्त लक्ष्य भारतले २ बल बाँकी हुँदा ५ विकेट गुमाएर पुरा ग¥यो । भारतको जितमा हार्दिक पाण्ड्याको नटआउट ३३ रन रह्यो । त्यस्तै, रविन्द्र जडेजाले ३५ रन बनाउँदा विराट कोहलीले पनि ३५ रन बनाएका थए । त्यस्तै, सुर्यकुमार यादवले १८ रन बनाएका थिए ।

भारतका ओपनर तथा कप्तान रोहित शर्माले १२ रन बनाएका थिए । पाकिस्तानका लागि मोहम्मद नवाजले ३ विकेट लिँदा नसिम साले २ विकेट हात पारेका थिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तान १९.५ ओभरमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो । भारतीय बलरसामु खुलेर खेल्न नसकेको पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानको ४३ रन सर्वाधिक रह्यो ।

Advertisement

यसैगरी, इफ्तिकर अहमेदले २८ रन बनाउँदा कप्तान बाबर अजाम, फखर जमाम र सादव खानले १०–१० रन बनाएका थिए । यस्तै, हरिस रउफले १३ रन बनाउँदा सनवाज दहानीले ६ बलमा १६ रन बनाएका थिए । भारतका लागि भुवनेश्वर कुमारले ४ विकेट लिंदा हार्दिक पाण्ड्याले ३ विकेट हात पारे। त्यस्तै अर्सदीप सिंह र आभेस खानले समान १–१ विकेट लिएका थिए । भारत एसिया कप क्रिकेटको सात पटकको च्याम्पियन हो भने पाकिस्तानले दुई पटक उपाधि जितेको छ ।

प्रतियोगितामा ६ टोली सहभागी छन् । समूह ए मा भारत, पाकिस्तान र हङकङ छन् । समूह बी मा श्रीलंका, अफगानिस्तान र बंगलादेश छन् । पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले हराएको थियो । भारतले अव बुधबार हङकङसँग खेल्नेछ । पाकिस्तानले शुक्रबार हङकङसँग खेल्नेछ । शीर्ष दुई दुई टोली सुपर फोरमा प्रतिस्पर्धा गर्नेछन् । सुपरफोरका शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top