×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

निर्वाचनको आचार संहिता सार्वजनिक, के–के गर्न पाइदैन् ?

१४ भाद्र २०७९

१४ भदौ , काठमाण्डौ ।
आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको आचार संहिता सार्वजनिक भएको छ । निर्वाचन आयोगले निर्वाचन आयोगले सोमबार आचारसंहिता राजपत्रमा प्रकाशित गरेपछि सार्वजनिक भएको हो । आचार संहिता सार्वजनिक भए पनि आयोगले निर्णय गरेका दिनदेखि मात्रै लागू हुनेछ । आयोगले केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र जिल्लामा जिल्ला आचारसंहिता अनुगमन समिति गठनको प्रस्ताव गरेको हो ।

निर्वाचन आयोगले तोकेको निर्वाचन आयुक्तको नेतृत्वमा गठन हुने केन्द्रीय निर्वाचन आचारसहिता अनुगमन समितिमा सदस्य पाँच जना सचिव रहने व्यवस्था गरिएको छ । हरेक जिल्लामा मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा जिल्ला स्तरीय आचारसंहिता अनुगमन समिति बन्नेछ । निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिले प्रचारप्रसार गर्न नपाउने भएका छन् । आचारसंहितामा प्रधानमन्त्रीदेखि मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नपाइने व्यवस्था गरिएको हो ।

Advertisement

 

यद्यपी, निर्वाचनमा आफैं उम्मेदवार भएका प्रधानमन्त्री, मन्त्री प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचारप्रसार गर्न भने पाउने उल्लेख गरिएको छ । तर, यसरी प्रचारप्रसार गर्दा सरकारी स्रोत साधनको प्रयोग भने गर्न नपाउने आचारसंहितमा उल्लेख छ । निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले आफ्नो उम्मेदवारीसँगै सम्पत्ति विवरण पनि पेश गर्नुपर्ने भएको छ । आचारसंहिता अनुसार मनोनयन दर्ता गर्ने उम्मेदवारले उम्मेदवारीसँगै सम्पत्ति विवरण तयार गरी सिलबन्दी रुपमा भरेर पेश गनुपर्नेछ ।

आचारसंहिताअनुसार, उम्मेदवारले आफ्नो वैयत्तिक विवरणसमेत पेश गर्नुपर्नेछ । आयोगले उक्त सम्पत्ति विवरणलाई तीन स्वरुपमा प्रयोग गर्ने जनाएको छ । जसमा उम्मेदवार निर्वाचित भएमा निर्वाचन आयोगले निर्वाचित सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्नेछ । निर्वाचनमा उम्मेदवारी दर्ता गराउने उम्मेद्वारले आफूले गर्ने सम्भावित खर्च र त्यसको स्रोतसमेत खुलाउनुपर्ने भएको छ ।

मनोनयनका क्रममा नै उम्मेद्वारले छुट्टै खाता खोलेर खाता सञ्चालन गर्ने प्रतिनिधिको विवरणसमेत बुझाउनुपर्ने भएको हो । उम्मेद्वारले सम्बन्धित प्रतिनिधिबाहेक अरुबाट खर्च गर्न नपाउने व्यवस्था गरेको छ । २५ हजारभन्दा बढीको आर्थिक सहयोग बैंकमार्फत मात्रै लिनुपर्नेछ । कसैले नगद दिएमा चन्दादाताको नामसहित त्यो रकम बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था आचारसंहितामा गरिएको छ ।

निर्वाचन आयोगले स्थानीय, प्रदेश र संघीय तहका बहालवाला जनप्रतिनिधिले प्रतिनिधि सभा वा प्रदेश सभामा उम्मेद्वारी दिएमा उनीहरुको पद स्वतः रिक्त हुने व्यवस्था गरेको छ । त्यस्ता जनप्रतिनिधि सामानुपातिकको बन्दसूचीमा रहेमासमेत पदमुक्त हुने निर्वाचन आचारसंहितामा उल्लेख छ । राजनीतिक दलले चुनावी प्रचारप्रसार गर्दा घर वा जग्गाधनीको स्वीकृतिना कसैको स्वामित्वमा बसेर चुनावी गतिविधि गर्न नपाउने भएका छन् । जग्गाधनीको स्वीकृतिविना स्वामित्वमा निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाइने भएको हो ।

ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नपाइने भएको छ । बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा सामेल गराउन नपाइने व्यवस्थासमेत आयोगले जारी गरेको संहीतामा उल्लेख छ ।

Advertisement

निषेध गरिएको समय र स्थानमा कोणसभा, कोणसभा, जुलुस, बैठक तथा प्रचारप्रसार गर्न पाइदैन । सार्वजनिक आवागमनमा अवरोध पुग्नेगरी कोणसभा, कोणसभा, जुलुस, बैठक तथा प्रचारप्रसार गर्न नपाइने भएको छ । सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेशपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने व्यवस्था उल्लेख गरिएको छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top