पाकिस्तान र श्रीलंका एसिया कपको फाइनलमा

२३ भदौ , एजेन्सी ।

एसिया कप २०२२ को फाइनल पाकिस्तान र श्रीलंकाबीच हुने भएको छ । पाकिस्तानले बुधबार भएको सुपर–४ को खेलमा अफगानिस्तानलाई एक विकेटले हराएपछि फाइनल समीकरण पूरा भएको हो । यस नतिजापछि अफगानिस्तानसँगै उपाधिको प्रमुख दाबेदार मानिएको भारत पनि युएईमा जारी टि२० एसिया कप २०२२ को सुपर फोरबाटै बाहिरिएको छ ।

जितका लागि १ सय ३० रनको लक्ष्य पाएको पाकिस्तानले १९.२ ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन बनाएको हो । पाकिस्तानका लागि नसिम शाहले ४ बलमा १४ रन बनाए । उनले अन्तिम दुई बलमा दुई छक्का प्रहार गरेका थिए । पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो ।

Advertisement

त्यसमा इब्राहिम जार्डनले सर्वाधिक ३५ रन बनाए । यससंगै श्रीलंका र पाकिस्तान समान ४–४ अंकका साथ फाइनलमा पुगेका छन् । भारत सुपर फोरमा अंक विहीन हुँदै बाहिरिएको हो । अब विहीबार भारतले औपचारिकताका लागि अफगानिस्तानसँग खेल्नेछ । यी दुई टोली मध्य विजयी टोलीको दुई अंक मात्र हुनेछ ।

भारत सुपर फोरमा पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । उक्त खेलमा भारतले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पाकिस्तानले १९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । दोस्रो खेलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । भारतले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।

श्रीलंकासँगको हारसँगै भारतको फाइनल सम्भावना सकिएको थियो । अंक गणीतिय झिनो सम्भावना मात्र थियो । दुबै खेल पाकिस्तानले हारेको खण्डमा मात्र भारत फाइनलमा पुग्ने थियो । तर पाकिस्तानको जितसँगै भारत बाहिरिएको हो । अब पाकिस्तानले अन्तिम खेलमा शुक्रबार श्रीलंकासँग खेल्नेछ । उक्त खेलले कुन टोली शीर्ष र दोस्रो स्थानमा रहने निर्धारण गर्नेछ । फेरि आइतबार नै श्रीलंका र पाकिस्तान उपाधिको लागि पनि खेल्नेछन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top