सन्दीप लामिछाने लाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंद्धारा अनुमति प्रदान

२२ भदौ ७९, बिहीबार

२३ भदौ, काठमाडौं ।

Advertisement

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमाति मागेको थियो ।

अदालतले पक्राउ अनुमति दिएको प्रहरी उच्च स्रोतले बताएको छ । अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ ।लामिछाने हाल देश बाहिर छन् । नेपाल क्रिकेट संघ क्यानका अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गरेका छन् र कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top