बलात्कारलाई व्यवसाय बनाउनेको भण्डाफोर गरौं : शिव परियार

२२ भदौ ७९, बिहीबार

२३ भदौ ,काठमाण्डौ ।

Advertisement

गायक शिव परियारले पछिल्लो समयका बलात्कारका घटनालाई लिएर आक्रामक प्रतिक्रिया दिएका छन् ।नेपाल सरकारलाई सम्बोधन गर्दै उनले बलात्कारलाई ‘व्यवसाय बनाउनेहरुको भण्डाफोर’ नगरिए नेपाल बलात्कारीहरुको देश हो’ भन्ने नजिर स्थापित हुने बताएका छन् ।

‘कृपया यतिबेला सबै वर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरूले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी देख्छु,’ उनले फेसबुकमा लेखेका छन् । तर स्टाटस पोस्ट गरेको केही मिनेटमै उनले यसलाई हटाएका छन् ।

Advertisement

यद्यपि सामाजिक सञ्जालमा पोस्टको स्क्रिनसट भाइरल बनिरहेको छ ।कतिपयले शिवलाई बहिष्कार गर्नुपर्ने भन्दै स्टाटस पनि लेखेका छन् । बलात्कारजस्तो गम्भीर विषयलाई सामान्यीकरण गर्न नहुने धेरैको मत छ । गायक परियार राजनीति र सामाजिक विषयवस्तुमा टिप्पणी व्यक्त गर्ने कलाकारमा पर्छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top