गोविन्द केसीले ठमाडौं जान अस्वीकार गरेपछी फर्कियो सेनाको स्काई ट्रक

गोविन्द केसीले ठमाडौं जान अस्वीकार गरेपछी फर्कियो सेनाको स्काई ट्रक

४ असोज, काठमाण्डौ ।

धनगढीमा विगत ९ दिनदेखि अनशनरत डा गोविन्द केसीलाई उपचारका लागि काठमाडौं लैजान आएको नेपाली सेनाको स्काई ट्रक त्यत्तिकै फर्किएको छ । केसीले उपचारको लागि काठमाडौं जान अस्वीकार गरेपछि गृह मन्त्रालयले पठाएको सो स्काई ट्रक फर्किएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

थापाले भने,‘माथिको आदेशअनुसार उहाँलाई थप उपचारको लागि काठमाडौं पठाउने हाम्रो तयारी थियो । नागरिकको जीवन रक्षा गर्नु राज्यको पहिलो कर्तव्य अनुसार नै उहाँलाई पठाउने तयारी थियो । तर उहाँले जान मन गर्नुभएन ।’

उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले सोमबारदेखि नै विशेष सूचना जारी गर्दै थप उपचारको लागि उनलाई बहुसुविधायुक्त अस्पतालमा स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको थियो ।

तर आफ्नो माग सम्बोधन नभएसम्म आफू कतै नजाने उनको अडान छ । प्रजिअ थापाको अनुसार सरकारी वार्ता टोली र केसीका वार्ता टोलीबीच काठमाडौंमा वार्ता जारी रहेको छ । केसी स्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै अनसनमा बसेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.