×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

कपन आगलागीमा मृत्यु भएका तीन जना को हुन् ?

६ आश्विन २०७९

६ असोज, काठमाण्डौ ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपनमा आगलागीबाट मृत्यु भएका ३ जनाको पहिचान खुलेको छ । आगलागीमा परी संखुवासभा घर भएर सुकेधारा बस्ने अशोक राई, ताप्जेलुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौँ–२५ बस्दै आएका छेवाङ शेर्पाको मृत्यु भएको हो । कपन गुम्बा नजिकै रहेको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् ।

उनको चुनिखेल स्थित करुणा अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँकाअनुसार आगलागी भएको घरका धनी टंक घिसिङ हुन् । उक्त ट्रेकिङ्ग अफिस चर्चित कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ) को हो । अक्सिजन सिलिन्डरहरु बिस्फोटभएपछि आगो फैलिएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

Advertisement
Advertisement

आगलागीबाट एक घर पूर्णरुपमा क्षति हुनुका साथै नजिकका घरहरुमा समेत आंशिक क्षति पुगेको छ । बुधबार बेलुका ७ बजेदेखि लागेको आगो अग्नि नियन्त्रक, उद्दारकर्मीहरु र स्थानीय ब्यक्तिहरुसमेतको प्रयासबाट केही घाइतेको उद्धार गरी १० बजे आगलागी नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

आगलागी नियन्त्रणका लागि बौद्ध रामहिटीबाट १, काठमाण्डौ महानगरपालिकाबाट (जुद्द बारुण यन्त्र) २, ललितपुर महानगरपालीकाबाट१, भक्तपुर नगरपालिकाबाट१, नेपाली सेनाबाट १, नेपाल प्रहरीबाट १, सशस्त्र प्रहरी बल नेपालबाट१ र त्रिभुवन बिमानस्थलबाट१ सहित ९ वटा दमकल र १० वटा पानी ट्याङकरहरू परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक, नगर प्रहरी, बृत्त गौशाला र बौद्धबाट प्रहरी नायव उपरीक्षक, प्रभाग कपन, बुढानीलकण्ठ, बिपत ब्यवस्थापन महाशाखाबाट प्रहरी निरीक्षकसहित २७ जना र ट्राफिक प्रहरी समेत गरी २०० जना प्रहरी टोली परिचालन गरिएको थियो।

Advertisement

त्यस्तै गरी नेपाली सेना भवानीदल गण, बिपद गण र युद्ध भैरव गणबाट ७० जना, सशस्त्र प्रहरी बल नेपालबाट ३० जना सुरक्षाकर्मीहरु परिचालित भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top