सेयर बजारमा ९.८३ अंकको गिरावट

५ असोज ७९, बिहीबार

६ असोज, काठमाण्डौ ।

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से परिसूचक ९.८३ अंकले घटेको छ । कारोबार सुरू भएको समयमा केही बढेर १८ सय ५५ अंकसम्म पुगेको नेप्से परिसूचक त्यसयता निरन्तर घटेर १८ सय ३८ अंकमा आएर रोकिएको हो ।

०.५३ प्रतिशतले परिसूचक घटेको दिन कारोबार रकम पनि घटेको छ । आज २५ लाख ४२ हजार कित्ता सेयर किनबेच भएर ६५ करोड ५७ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । जुन, हिजो बुधबारको तुलनामा ७ करोडले कम हो । हिजो नेप्से परिसूचक ११ अंकले बढेको दिन ७२ करोड रुपैयाँको कारोबार भएको थियो ।

आज कारोबार भएका सबै १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये निर्जीवन बीमा कम्पनी समूहमा ५८ अंकको गिरावट आएको छ । यस्तै, लघुवित्त समूहमा ४३, जीवन बीमा समूहमा ४१, उत्पादनमूलक समूहमा ३२ अंकको गिरावट आएको छ । यस्तै, विकास बैंक समूह २७ अंकले घटेको छ ।

नेप्से परिसूचक ९ अंकले घटेपनि आज सामलिङ पावर कम्पनीको सेयर मूल्यमा ९।९८ प्रतिशतको सुधार आएको छ । प्रतिकित्ता ४८ रुपैयाँको वृद्धिसँगै कम्पनीको सेयर मूल्य ५३१ पुगेको छ । यस्तै, प्रभु बैंक डेबेञ्चर २०८४ र गरिमा डेबेञ्चर २०८५ को सेयर मूल्य समान ९ प्रतिशतभन्दा बढीले घटेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top