सरकार संगको १० बुँदे सहमति पछी डा. गोविन्द केसीले तोडे अनशन

९ असोज, काठमाण्डौ ।

१३ दिनदेखि अनसनसहित आन्दोलनमा रहेका चिकित्सा शिक्षाक्षेत्र सुधारका अभियन्ता प्राध्यायापक, डा. गोविन्द केसीले शनिबार अनसन तोडेका छन् । सरकारसंगको १० बुँदे सहमतिपछि केसीले अनसन तोडेका हुन् । विभिन्न सात बुँदे मागसहित गत भदौ २७ गतेदेखि उनी अनशनमा थिए । केसीको यो २०औँ पटकको सत्याग्रह हो ।

आफ्ना माग नसुनेपछि केसीले प्रधानमन्त्री शेरबहादुर देउवाको गृहप्रदेशको राजधानी सहरमा अनशन थालेका थिए । कैलालीमा अनसनरत रहँदा उनको स्वास्थ्यमा समस्या देखिएको त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । कैलालीबाट उनी आफ्नै खर्चमा काठमाडौ आएका थिए ।

केसीले त्रीवि शिक्षण अस्पतालमा उपचारत एक बिरामीको हातबाट जुस पिएर १३ औं दिनमा अनसन तोडेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषदमा पेस गर्ने समेत सम्झौता भएको छ । उनी थप उपचारको लागि केहि दिन अस्पतालमै रहने छन् ।

प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा स्वास्थ्य र शिक्षा मन्त्रालयका सचिव सदस्य रहेको टोलीले डा केसी पक्षसँग वार्ता गरेको थियो । कैलालीको गेटा मेडिकल कलेज र धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका समस्या समाधान गर्न सरकार तयार भएपछि सहमति जुटेको हो ।

देशभरका सरकारी अस्पतालमा शय्याअनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धि अनुसार अस्पताल÷स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै निःशुल्क औषधिहरू उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराउनुपर्ने माग केसीले अघि सारेका थिए । यस्तै, २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्नेस गेटा मेडिकल कलेज तत्काल सञ्चालन गरिनुपर्ने उनको माग थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top