होउ यान्छीको सरुवा/नेपालबाट कहाँ जादैछिन् यान्छी ?

१५असोज ,एजेन्सी ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सरुवा हुने भएको छ । कुटनितिक स्रोतका अनुसार राजदूत होउ चीनका दक्षिण पुर्वी एसियाली देशहरूको सङ्गठन आसियान हेर्नेगरि राजदूत बन्न लागेकी हुन । उनको जिम्मेवारीमा चीनको इन्डोनेशियासङ्गको द्वीपक्षीय सम्बन्ध पनि छ ।

उनी डिसेम्बर अघि नै नेपालबाट बिदा हुनेछिन् । होउ सन् २०१८ मा राजदुतको कार्यभार सम्हाल्न नेपाल आएकी थिइन् । उनी विदा भएपछि नेपालका लागि नयाँ चिनियाँ राजदूतको नाम भने टुंगो लागिसकेको छ । नेपालको पछिल्लो राजनीतिमा यान्छीको भूमिका निकै सक्रिय रहेको थियो ।

खासगरी, नेकपाको विवादमा यान्छीले चासो राखेकी थिइन् । र, उनले नेकपा विभाजन रोक्न शीर्ष नेताहरूलाई सुझाव दिएकी थिइन् । सन् १९९८ देखि २००१ सम्म पाकिस्तानमा रहेको चिनियाँ दूतावासमा रहेर काम गरेकी यान्छी २००१ देखि २००७ सम्म चिनियाँ विदेश मन्त्रालयमा रहेर एसियाली देशहरू हेर्ने जिम्मेवारीमा थिइन् ।

त्यसैगरी, सन् २००९ सम्म लस एन्जेलसको कन्सुलरका रूपमा काम गरेकी यान्छी सन् २०१८ सम्म चिनियाँ विदेश मन्त्रालयअन्तर्गत नै रहेर एसिया क्षेत्रको सुरक्षा, आर्थिकलगायत क्षेत्रमा काम गरेकी थिइन् ।

राजदूत होउ चार वर्षे कार्यकाल पूरा गरी अर्को महिना चीन फर्किने हुँदा उनले नेपालमा अन्तिम पटकको उच्चस्तरीय भेटघाटका लागि प्रधानमन्त्री, राष्ट्रपति, परराष्ट्रमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलसँग समय समेत माग गरेकी छन् ।

यान्छी फर्किएर नयाँ चिनियाँ राजदूतको टुंगो लाग्न बाँकी रहेका बेला शुक्रबार नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् । हालका राजदूत ¥यान्डी बेरी चार वर्ष कार्यकाल पूरा गरी आइतबार स्वदेश फर्कँदै छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top