एकीकृत समाजवादीले कहाँ कहाँ पायो सिट ?

२२ असोज, काठमाण्डौ ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीले १९ वटा निर्वाचन क्षेत्र आफ्नो भागमा पाएको छ । सत्तारूढ गठबन्धनको चुनावी तालमेलको सहमतिअनुसार एकीकृत समाजवादीले अब १९ ठाउँबाट प्रतिस्पर्धा गर्ने भएको हो ।

प्रदेश १ को इलाम–१ र उदयपुर– २, मधेस प्रदेशको रौतहट– १ र बारा– ४, बागमतीको धादिङ –१, काठमाडौं– ८, ललितपुर– २ र मकवानपुर– २, गण्डकीको कास्की– २, लुम्बिनीको गुल्मी– २, पाल्पा–२, रूपन्देही– २ र दाङ– १, कर्णालीको सल्यान, डोल्पा र दैलेख– १, सुदूरपश्चिमको अछाम– १, बझाङ र डोटीमा एकीकृत समाजवादीले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।

यी १९ निर्वाचन क्षेत्र पाएको एकिकृत समाजवादीले उम्मेदवारको पनि टुंगो लगाएको छ । समाजवादीले निवर्तमान प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका सबैलाई उम्मदेवार बनाएको छ । यी सबैलाई उम्मेदवार बनाउन विगतमा सहमति भएको थियो ।

Advertisement

समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल रौतहट– १, नेता झलनाथ खनाल इलाम– १, उपमहासचिव जगन्नाथ खतिवडा उदयपुर क्षेत्र नम्बर २ बाट उठ्ने भएका छन् । यस्तै सचिव रामकुमारी झाँक्री गुल्मी–२ बाट उठ्नेछिन । कास्की २ मा श्रीनाथ बराल प्रस्तावित छन् । उनको ठाउँमा शिव गुरुङको पनि नाम रहेको छ ।

यसबाहेक अन्यत्र भने टुङ्गो लागिसकेको छ । तनहुँ– २ बाट जितेका किसान श्रेष्ठ बारा– ४ मा उम्मेदवार हुने भएका छन् भने बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ– १ बाट प्रतिनिधिसभामा उठ्ने भएका छन् । यस्तै जीवनराम श्रेष्ठ काठमाडौं क्षेत्र न. ८, कृष्णलाल महर्जन ललितपुर क्षेत्र न. २ बाट उठ्दैछन् ।

Advertisement

यस्तै विरोध खतिवडा मकवानपुर क्षेत्र न. २ बाट, सोमप्रसाद पाण्डे पाल्पा क्षेत्र न. २ बाट, राजु गुरुङ रुपन्देही क्षेत्र न. २ बाट, मेटमणि चौधरी दाङ क्षेत्र न. १ बाट उठ्ने भएका छन् । यस्तै सल्यानबाट प्रकाश बुढाथोकी (ज्वाला), डोल्पाबाट धनबहादुर बुढा मगर, दैलेख क्षेत्र न. १ बाट अम्बरबहादुर थापा, अछाम क्षेत्र न. १ – शेरबहादुर कुवँर, बझाङबाट भानुभक्त जोशी, डोटीबाट प्रेमबहादुर आले उठ्ने भएका हुन् । अन्तिम समया कुनै हेरफेर नभए यहीअनुसार उम्मेदवारी हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top