शीतयुद्धपछि पहिलो पटक आणविक ‘युद्ध’ को खतराः बाइडेन

२२ असोज, एजेन्सी ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी अधिकारीले परमाणु हतियार प्रयोगका लागि तयारी गरिरहेको बताएका छन् । यसका लागि उनीहरुले आफ्ना नागरिकहरुलाई सम्भावित परमाणु हतियारको प्रयोगका लागि तयार पारिरहेको पनि जेलेन्स्कीले बताएका छन् ।

बेलायती सञ्चारमाध्यम बिबिसीसँगको अन्तर्वार्ताको क्रममा जेलेन्स्कीले रुसमा रकेट आक्रमणका लागि सुझाव दिएको भन्ने आरोप अस्वीकार गरे । उनले रक्षात्मक प्रहार प्रयोग गर्नु पर्ने बताएका थिए । आफूले त्यो प्रतिबन्धलाई भनेको र त्यो आक्रमणका लागि नरहेको उल्लेख गरे ।

पछिल्ला केही हप्ता युक्रेनी सैनिकले रुसको कब्जामा रहेका क्षेत्रहरु पुनः आफ्नो नियन्त्रणमा लिएको छ । रुसी सैनिकहरु ती क्षेत्रबाट पछि हट्न बाध्य भएका छन् । रुसले हालै युक्रेनका चार क्षेत्र आफूमा गाभेको घोषणा गरेको थियो । त्यसलाई युक्रेन तथा अन्तर्राष्ट्रिय समुदायले मान्यता प्रदान गरेका छैनन् ।

Advertisement

आफूमा गाभेको क्षेत्रमै युक्रेनी सैनिकले सफलता हाँसिल गरिरहेका बेला रुसले आफ्नो समाजलाई परमाणु हतियार प्रयोगका लागि तयार पारिरहेको जेलेन्स्कीले बताएका हुन् । उनका अनुसार यो निकै खतरनाक हो । जेलेन्स्की भन्छन्, ‘उनीहरु परमाणु हतियार प्रयोगका लागि तयार छैनन् । तर उनीहरुले यसबारे सञ्चार गर्न थालेका छन’।

यता युक्रेनलाई अघि सारेर रुसलाई तह लगाउने प्रयासमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडनले शीतयुद्धपछि पहिलो पटक विश्वले आणविक ‘युद्ध’ को जोखिम मोल्ने खतरा रहेको बताएका छन् । उनले युक्रेन द्वन्द्वमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कसरी युद्ध अन्त्य गर्न चाहन्छन् भन्ने पत्ता लगाउने प्रयास गरिरहेको बताएका छन् ।

Advertisement

’सन् १९६२ मा केनेडी र क्युबाको क्षेप्यास्त्र सङ्कटपछि हामीले ‘आणविक युद्ध’को सम्भावनाको सामना गरेका छैनौं,’ पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीलाई उद्धृत गर्दै बाइडनले न्युयोर्कमा आयोजित डेमोक्र्याटिक पार्टीको आर्थिक सङ्कलन कार्यक्रममा भने । पुटिनले युक्रेनमाथि आक्रमण गर्न आणविक हतियार प्रयोग गर्ने धम्की दिंदा पुटिनले ‘ठट्टा’ नगरेको बाइडनले बताएका छन् ।

राष्ट्रपति पुटिनको आणविक धम्कीका कारण सिर्जित जोखिमबारे बोल्दै र ६० वर्षअघि सोभियत सङ्घले क्युबामा क्षेप्यास्त्र तैनाथ गरेपछि उत्पन्न आणविक गतिरोधलाई सङ्केत गर्दै उनले भने, ’क्युबाको क्षेप्यास्त्र सङ्कटपछि पहिलो पटक आणविक हतियारको प्रयोगबाट हामीलाई प्रत्यक्ष खतरा छ ।

’ बाइडनले भने, ’हामी पुटिनको युद्ध अन्त्य रणनीतिबारे पत्ता लगाउने प्रयास गरिरहेका छौं । पुटिनले युक्रेनी भूमि कब्जा गर्ने प्रयासमा विकल्पहरू समाप्त भएको महसुस गरेमा आणविक हतियार प्रयोग गर्ने धम्की दिएका छन् ।

विज्ञहरूका अनुसार यी आक्रमणहरू तुलनात्मक रूपमा साना र रणनीतिक आक्रमणहरू हुनेछन् । तर बाइडनले सीमित क्षेत्रमा हुने यस्ता आक्रमणले अझै व्यापक द्वन्द्व निम्त्याउने चेतावनी दिएका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top