२७ असोज , एजेन्सी ।
मंकीपक्स भाइरसको संक्रमण विश्वभर तिव्र गतिमा बढिरहेको देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार मंकीपक्स संक्रमितको संख्या ७० हजार नाघेको छ । यसलाई लिएर डब्लुएचओले चेतावनी जारी गरेको छ ।
उसका अनुसार आउँदा दिनहरुमा विश्व भर नै यो भाइरसका कारण कठिन समय आउँन सक्छ । त्यसैले मंकीपक्सको संक्रमण केही क्षेत्रमा कम भयो भन्दैमा संक्रमण रोकथामका लागि अपनाइएका मापदण्डहरु पालना गर्न हेलचेक्राई गर्न नहुने डब्लुएचको आग्रह छ ।
डब्लुएचओले भनेको छ, पछिल्लो साता जुन देशहरुमा मंकीपक्सका संक्रमितहरुको संख्या बढेको छ त्यसमा अमेरिकी महाद्वीपका केही देशहरु रहेका छन् । संगठनका प्रमुख डा. टेडरोसले चेतावनी दिदै भने कि मंकीपक्सको मामिला भलै अहिले केही कम देखिएको छ तर आगामी दिन यो महामारीको सबैभन्दा खतरनाक समय हुन सक्छ ।
उनका अनुसार अहिले एकातिर विश्वका धेरै क्षेत्रमा मंकीपक्सको संक्रमण घटिरहेको छ तर अर्कातिर यहि समयमा २१ देशहरु यस्ता छन्, जहाँ पछिल्लो एक हप्तामा संक्रमण तिव्र देखिएको छ । खासगरी अमेरिकी महाद्वीपमा रहेका देशहरुमा । जहाँ विश्वभरका कुल संक्रमितहरु मध्य ९० यहि भेटिएका हुन् ।
गेब्रेहेससले भनेका छन् , मंकीपक्स संक्रमण ओरालो लागेकै समयमा बढि खतरनाक हुनसक्छ किनभने यहिबेला हामी संकट टरिसकेको सोच्छौं र स्वास्थ सुरक्षाको मापदण्ड पालना गर्न छाड्छौं । उनले विश्व स्वास्थ्य संगठनले यो संक्रमण न्युनीकरणका लागि टेस्टिंग क्षमता बढाउने र निगरानी व्यवस्थालाई पनि प्रभावकारी बनाउने काम गरिरहेको बताएका छन् ।
उनले सूडानको इथियोपियासंगको सीमा नजिक रिफ्यूजी क्याम्पमा मंकीपक्सबाट उत्पन्न भएको खराब स्थितिबारे पनि चिन्ता ब्यक्त गरे । डब्लुएचओ प्रमुखका अनुसार कोरोना भायरसजस्तै मंकीपक्स पनि अहिले चिन्ताको विषय हो र संगठनले यसबाट छुट्कारा पाउनका लागि विश्व समूदायलाई नै आग्रह गरिरहको बताएका छन् ।