२७ असोज , काठमाडौं ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ४ अंकको सुधार आएको छ । अघिल्लो दिन ११ अंकले बढ्दै १८६६ विन्दुमा अडिएको नेप्सेमा बिहीबार थप ४ अंकले बढ्दै १८७०।६३ विन्दुमा उक्लिएको हो ।
यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०।९५ अंकले बढ्दै ३६७।१४ विन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । ४ अंकले मात्र बढेको बजारमा आज कारोबार रकममा समेत अघिल्लो दिनको तुलनामा केही सुधार आएको छ ।
यस दिन ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँ बराबरको २६ लाख ९८ हजार कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन ११ अंकले बढेको बजारमा जम्मा ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो । आज हाइड्रोपावर बाहेक अन्य सबै उपसूचक धनात्मक भएका छन् ।