आणविक आक्रमणको तयारी गर्दैछन् किम ?

आणविक आक्रमणको तयारी गर्दैछन् किम ?

२७ असोज, एजेन्सी ।

उत्तर कोरियाको मिसाइल परिक्षणले विश्वलाई नै चिन्तित बनाएको छ । अहिले उत्तर कोरियाले दुई लामो दूरीको रणनीतिक क्रुज मिसाइल प्रहार गरेको समाचार आएको छ । लामो समयसम्म मौन बसेपछि अब किम जोङ उनले देशको आणविक आक्रमण क्षमताको खुलेर प्रदर्शन गरिरहेका छन् ।

उत्तर कोरियाको राज्य समाचार एजेन्सी केसीएनएले बिहीबार बिहान पुष्टि गरेको छ कि परीक्षण बुधबार भएको थियो । साथै यसको उद्देश्य कोरियाली जन सेना द्वारा आणविक हतियार प्रयोग गर्न तैनाथ क्रुज मिसाइलहरुको “लडाई दक्षता र शक्ति“ को वृद्धि रहेको समेत जनाएको छ ।

उत्तर कोरियाले हालै गरेको मिसाइल परीक्षणले कोरियाली प्रायद्वीपमा तनाव बढाएको छ । अब डर बढेको छ कि उत्तर कोरियाले पाँच वर्षमा पहिलो परमाणु परीक्षण गर्न सक्छ। समाचार एजेन्सीले जनाएको छ कि क्रुज मिसाइलहरूले समुद्रमा २ हजार किलोमिटर यात्रा गरेर सफलतापूर्वक आफ्नो लक्ष्यमा प्रहार गरेका छन् ।

किम जोङ उनले यो परीक्षणलाई ‘शत्रु’ लाई अर्को स्पष्ट चेतावनी भनेका छन् । उत्तर कोरियाको सरकारी मिडियाका अनुशार किमले दुई हप्ताको निर्देशित आणविक रणनीतिक अभ्यासको अवलोकन गरेका थिए । उक्त अभ्यासमा जापानमा प्रक्षेपण गरिएको नयाँ  IRBM -Intermediate–range Balistic Missile  को परीक्षण पनि समावेश थियो।

उत्तर कोरियाले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिका बीचको संयुक्त नौसैनिक अभ्यासको विरोधमा मिसाइल प्रक्षेपण गरेको थियो । जसमा आणविक–सक्षम विमानवाहक युएसएस रोनाल्ड रेगन पनि संलग्न थिए।

उत्तर कोरियाको सरकारी मिडियाले यसअघि नियमित रूपमा देशको हतियार परीक्षणको भन्ने गरेकोमा पछिल्ला महिनाहरूमा यसले त्यसो भन्न बन्द गरेको छ। विश्लेषकहरूले उत्तर कोरियाको यो नयाँ ’हाइप’ लाई विश्वास गर्न नसकिने भने पनि यी परीक्षणहरूलाई बेवास्ता गर्न नहुने बताएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

विज्ञहरूका अनुसार उत्तर कोरियासँग राम्रो पनडुब्बी प्रविधि नभएकाले अमेरिका वा अन्य कुनै देशबाट आणविक हमला भएमा जवाफी कारबाही गर्ने शक्ति प्राप्त गर्न कोसिस गरिरहेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.